Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
सामसङ नेपालले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ।
कम्पनीका अनुसार यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।
८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ।
सामसङका नवीनतम एआई टीभी लाइनअप ९क्यूएलईडी र यूएचडी० मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने अत्याधुनिक फिचरहरू समावेश छन्:
उपलब्ध अफरहरू:

सामसङले आफ्नो टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।
साथै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले सामसङ होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा सजिला किस्ताबन्दी सुविधामार्फत् प्राप्त गर्न सक्छन्।
यसका लागि प्रक्रिया झन्झटमुक्त छ र नागरिकता भरमा सबै प्रक्रिया पूरा हुन्छ। साथै नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार