मलेसियाली कार निर्माता पेरोडुआद्वारा क्यूभी–ई को लन्चसँगै विद्युतीकरणतर्फ पहिलो गम्भीर कदम

  • Technology Khabar | १७ मंसिर २०८२, बुधबार
मलेसियाली कार निर्माता पेरोडुआद्वारा क्यूभी–ई को लन्चसँगै विद्युतीकरणतर्फ पहिलो गम्भीर कदम
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

मलेसियाले आफ्नो पहिलो स्थानीय रूपमा विकसित विद्युतीय कार ‘पेरोडुआ क्यूभी–ई’ प्रस्तुत गरेको छ। सबकम्प्याक्ट क्रसओभर मोडेलको रुपमा प्रस्तुत गरिएको पेरोडुआ क्यूभी–ईले विद्युतीकरण युगमा कम्पनीको गम्भीर प्रवेशलाई संकेत गारेको उल्लेख गरिएको छ।

यो मोडेल ब्याट्रीको लागि सदस्यता योजनाको साथ उयलब्ध हुने बताइएको छ र उक्त योजनाले ८०,००० रिंगिट (लगभग १६,००० यूरो) को प्रारम्भिक मूल्य घटाउने उल्लेख गरिएको छ भने गाडीको मुख्य कम्पोनेन्टको लागि मासिक २७५ रिंगिट (लगभग ५५ यूरो) को भुक्तानी थप्ने बताइएको छ।

भीसी–ई पेरोडुआद्वारा ८०० मिलियन रिंगिट (लगभग १६० मिलियन यूरो) को लगानीमा विकास गरिएको बताइएको छ। साथै भीसी–ई पुनः ब्रान्डेड मोडेलहरू प्रयोग गर्ने प्रतिद्वन्द्वीहरूबाट अलग रहेको उल्लेख गरिएको छ।

बाह्य रूपमा, मोडेलले टोयोटा सी–एचआर र निसान जुकको सम्झना दिलाउने स्पोर्टी डिजाइनसँग कम्प्याक्ट आयामहरू संयोजन गरेको छ। साथै भित्री भागमा दुईओटा १०.२५–इन्च स्क्रिनहरू र सुरक्षा प्रणालीहरूको पूर्ण सुइट समावेश गरिएको छ।

पेरोडुआ क्यूभी–ईमा रहेको विद्युतीय मोटरले २०१ हर्सपावर र २८५ एनएम टर्क उत्पादन गर्दछ भने ७.५ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गति बढाउन सक्षम बनाउने उल्लेख गरिएको छ।

५२.५ किलोवाटआवरको ब्याट्रीले एनईडीसी चक्र अनुसार ४४५ किलोमिटर सम्मको स्वायत्तता प्रदान गर्ने बताइएको छ।

प्रति महिना ५०० युनिटबाट उत्पादन सुरु हुने बताइएको छ र २०२६ को तेस्रो त्रैमासिकसम्ममा प्रति महिना ३,००० युनिट पुग्ने अपेक्षा गरिएको छ। साथै सरकारले दशकको अन्त्यसम्ममा विद्युतीय कारहरू नयाँ बिक्रीको १५ प्रतिशत पुर्याउने लक्ष्य राखेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार