डिसेम्बरको सुरुमै सूर्यबाट निस्कियो एक्स १.९ स्तरको ज्वाला: अष्ट्रेलिया र दक्षिण–पूर्व एसियामा रेडियो सिग्नल प्रभावित

Technology Khabar १६ मंसिर २०८२, मंगलवार

डिसेम्बरको सुरुमै सूर्यबाट निस्कियो एक्स १.९ स्तरको ज्वाला: अष्ट्रेलिया र दक्षिण–पूर्व एसियामा रेडियो सिग्नल प्रभावित
सांकेतिक तस्विर

काठमाडौं ।

डिसेम्बरको सुरुवातमै सूर्यले शक्तिशाली एक्स १.९–क्लासको सोलार फ्लेयर अर्थात् सौर्य ज्वाला फाल्दै अष्ट्रेलिया र दक्षिण–पूर्व एसियाका केही भागमा केही समयका लागि रेडियो सञ्चार प्रभावित गरेको छ।

यो विस्फोट नोभेम्बर ३० मा अमेरिकी समय अनुसार बिहान ९:४९ बजे (जीएमटी अनुसार डिसेम्बर १, ०२:४९) चरममा पुगेको थियो। फ्लेर सूर्यको उत्तर–पूर्वी किनाराबाट भर्खर देखिन थालेको नयाँ सनस्पट क्षेत्र एआर४२९ बाट आएको हो। फ्लेयरका कारण त्यतिबेला पृथ्वीको सूर्यतर्फ फर्किएको भागमा शक्तिशाली (आर३) रेडियो ब्ल्याकआउट देखा पर्यो।

स्पेस डटकमका अनुसार सोहो यानको कोरोनाग्राफले सूर्यको उत्तर–पूर्वी किनाराबाट तीव्र गतिमा निस्किएको आंशिक–हेलो कोरोलोनल मास इजेक्सन (सीएमई) देखाएको छ। प्लाज्मा र चुम्बकीय क्षेत्रको यो ठूलो विसर्जन पृथ्वीअभिमुख भने होइन भन्ने पुष्टि गरिएको छ। तर यो घटनापछिको ठूलो खबर भने अर्को विशाल सनस्पट समूह एआर४२९४ हो जो अहिले पृथ्वीपट्टि फर्किँदै छ।

सौर्य ज्वाला फैलिएको र अत्यन्त जटिल संरचनाका कारण एनओएएले यसलाई तीन छुट्टाछुट्टै क्षेत्रका रूपमा संख्या दिएको छ। यही क्षेत्रले गत महिनामा धेरैवटा एक्स–स्तरका फ्लेरयको स्रोत बनेको थियो र अहिले अहिलेभन्दा अझै ठूलो देखिँदै छ।

एनओएएका अन्तरिक्ष मौसम विज्ञहरूका अनुसार डिसेम्बर १ देखि ३ बीच एम–क्लास फ्लेर जारी रहने सम्भावना उच्च छ र सानो मात्रामा फेरि एक्स–स्तरको फ्लेयरको सम्भावना पनि छ। अहिलेसम्म पृथ्वीअभिमुख कुनै सीएमई भेटिएको छैन तर एआर४२९४ को बढ्दो गतिविधिले केही दिनमा स्थिति बदलिन सक्ने अनुमान गरिन्छ।

त्यसैबीच, भू–चुम्बकीय अवस्था डिसेम्बर ३ सम्म शान्त रहने देखिन्छ, तर त्यसपछि नकारात्मक–ध्रुवीयता भएको कोरोलोनल होलबाट निस्किने हावा प्रवाहका कारण सानो (जी१) भू–चुम्बकीय तूफान देखिन सक्छ।

प्रकाशित: १६ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया