Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
एआई–संचालित एपहरू, अलवेज–अन स्क्रिनहरू र पावर–हंग्री (भोका) चिप्सको बढ्दो मागको बीचमा, सबैभन्दा कुशल फोनहरूको पनि दिनको अन्त्य हुनुभन्दा पहिले नै ब्याट्री सकिन थाल्छन्।
निर्माताहरूले पावर प्रयोगलाई अनुकूलन गर्न काम गरिरहेका छन् भने लामो समयसम्म “नन–स्टप” फोन प्रयोगको लागि सिलिकन–कार्बन ब्याट्रीहरू, स्मार्ट पावर म्यानेजमेण्ट सफ्टवेयर र छिटो चार्जिङ प्रणालीहरूलाई प्रारम्भिक रुपमा अपनाइको देख्न थालिएको छ।
यद्यपि, यदि तपाईंले फोन कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा ध्यान दिनुभएन भने, माथि उल्लिखित यी सबै तरिकाहरूले तपाईंलाई ब्याट्री सकिन बाट बचाउन नसक्ने बताइएको छ। चाहे प्रिमियम ग्यालेक्सी वा मिड–रेन्ज रेडमी होस्, फोनको ब्याट्रीबाट कसरी अधिकतम फाइदा उठाउन सकिन्छ भनेर बुझ्ने छौँ। फोनको ब्याट्री सकिन बाट बचाउनका लागि केही ट्वीकहरूले ठूलो फरक पार्न सक्ने बताइएको छ।
ब्याकग्राउण्ड एपहरू र अनधिकृत सिङ्किङः
तपाईंको फोनको सबैभन्दा ठूलो शत्रु प्रायः तपाईंले नदेखेका एपहरू हुन्। सामाजिक सञ्जाल, फिटनेस ट्र्याकरहरू र किबोर्डहरूले पनि तपाईंले थाहा नपाई ब्याकग्राउण्ड (पृष्ठभूमि) मा ब्याट्री खपत गर्न सक्छन्। आफ्नो ब्याट्री प्रयोग तथ्याङ्कहरू (सेटिङहरू श्र ब्याट्रीमा) गएर जाँच गर्न सकिने छ र सबैभन्दा बढी पावर के कुराले प्रयोग गरिरहेको छ भनेर पहिचान गर्न सकिने छ। साथै आवश्यक नभएको कुनै पनि कुराको लागि ब्याकग्राउण्ड एक्टिभिटी (पृष्ठभूमि गतिविधि) बन्द गर्न सकिने छ।
साथै, जीमेल, क्यालेन्डर एप्स र क्लाउड स्टोरेज जस्ता स्वचालित सिङ्किङ सेवाहरू सावधानीपूर्वक जाँच गर्न आग्रह गरिएको छ। यदि तपाईंको फोन नयाँ अपडेटको लागि प्रत्येक पाँच मिनेटमा भाइब्रेट भइरहेको छ भने ब्याकग्राउण्ड (पृष्ठभूमि) मा ब्याट्री पावर प्रयोग गरिरहेको हुन सक्छ। सिङ्क फ्रिक्वेन्सी घटाएर वा कम महत्त्वपूर्ण एपहरू पूर्ण रूपमा बन्द गर्न सकिने छ।
स्क्रिनमाथि नियन्त्रण गर्नुहोस्ः
फोनको डिस्प्ले प्रायः सबैभन्दा ठूलो ब्याट्री ड्रेनर हो। एएमओएलईडी प्यानल भएका डिभाइसहरूको लागि, स्क्रिनको प्रयोगले कुल ब्याट्री खपतको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सक्छ। म्यानुअलको सट्टा एडाप्टिभ ब्राइटनेस प्रयोग गर्दा प्रणालीले रियल–टाइम लाइटिङ कन्डिसनहरूको आधारमा अनुकूलन गर्न सक्ने उल्लेख गरिएको छ।
१२०हर्ज रिफ्रेस रेटहरू राम्रो देखिए पनि खेल नखेलिएको वा हाई–रिजोल्युसन कन्टेण्ट ब्राउज नगरिएको अवस्थामा स्क्रिन ६०हर्जमा सीमित गर्नाले फोनको ब्याट्री जीवनमा केही घण्टा थप हुने बताइएको छ। साथै, डार्क मोड केवल सौन्दर्यको लागि मात्र नभएको उल्लेख गरिएको छ। ओएलईडी डिस्प्लेहरूमा, व्यक्तिगत पिक्सेलहरू बन्द गरेर पावर बचत गर्न सकिने उल्लेख गरिएको छ। साथै ट्रु ब्ल्याक ब्याकग्राउण्ड प्रयोग गरेर र सिस्टम–वाइड (प्रणाली–व्यापी) डार्क थिमहरू सक्षम गर्नाले थप दक्षता प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।
स्मार्ट चार्जिङ बानी अपनाउनेः
चाहे आईफोनहरूको “चार्जिङ अप्टिमाइजेसन” होस् वा एन्ड्रोइडहरूको “ब्याट्री प्रोटेक्सन”, धेरैजसो स्मार्टफोनहरूमा अब कुनै न कुनै प्रकारको ब्याट्री स्वास्थ्य सुरक्षा उपलब्ध हुने गरेका छन्। यी प्रणालीहरूले तपाईंलाई पूर्ण ब्याट्रीको आवश्यकता नपरेसम्म ८०–८५ प्रतिशतभन्दा बढी चार्ज गर्न ढिलाइ गर्दछन् भने ब्याट्रीको दीर्घकालीन स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्दछ। साथै उक्त विकल्प सक्षम भएको सुनिश्चित गर्नु पर्ने उल्लेख गरिएको छ।
वायरलेस चार्जिङ वा पावर सेयरिङ सुविधाजनक भएनि तिनीहरु अलि कम कुशल हुने गरेको बताइएको छ। घरमा वा आफ्नो डेस्कमा हुँदा वायर्ड चार्जिङ प्रयोग गर्न सुझाव दिइएको छ। जरुरी अवस्थामा बाहेक, निरन्तर फास्ट (छिटो) चार्जिङबाट बच्नको लागि आग्रह गरिएको छ। फास्ट चार्जिङ आपतकालीन अवस्थाहरूको लागि उपयुक्त भए पनि ढिलो चार्जिङले कम ताप उत्पन्न गर्दछ र समयसँगै ब्याट्री ड्रेन (खपत) मा कमि निम्त्याउने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ मंसिर २०८२, बुधबार