एकै महिनामा भित्रिए साढे १४ करोडमाथिका ६७ हजार बढी राउटर

  • Technology Khabar | १६ मंसिर २०८२, मंगलवार
एकै महिनामा भित्रिए साढे १४ करोडमाथिका ६७ हजार बढी राउटर
शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको चौथो महिना  कार्तिकसम्ममा ५९ करोडमाथिको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

असोज महिनासम्म नेपालमा ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएकोमा एक महिनाको अवधिमा १४ करोड ६५ लाख ८६ हजार बराबरको ६७ हजार ६८६ थान राउटर थिएर समग्रमा २ लाख ५६ हजार ५०७ पुगेको छ। यसको समग्र मूल्य ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ४४ करोड ५० लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार २९५ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट १ लाख २४ हजार बराबरको २११ थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको ४ थान, अमेरिकाबाट २ लाख ७४ हजार बराबरको १ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट १२ लाख २५ हजार बराबरको ८० थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌ देश विवरण रकम हजारमा
चीन २५५८३० ५९१५३८
जर्मनी ८४१
भारत ३६१ २४१
लाट्भिया २१६ ३५२३
मलेसिया
कतार
साउदी अरेबिया
सिङ्गापुर
यूएई
१० बेलायत
११ अमेरिका २७७
१२ भियतनाम ८० १२२५

प्रकाशित: १६ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...