एकै महिनामा भित्रिए साढे १४ करोडमाथिका ६७ हजार बढी राउटर

  • Technology Khabar | १६ मंसिर २०८२, मंगलवार
एकै महिनामा भित्रिए साढे १४ करोडमाथिका ६७ हजार बढी राउटर
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको चौथो महिना  कार्तिकसम्ममा ५९ करोडमाथिको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

असोज महिनासम्म नेपालमा ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएकोमा एक महिनाको अवधिमा १४ करोड ६५ लाख ८६ हजार बराबरको ६७ हजार ६८६ थान राउटर थिएर समग्रमा २ लाख ५६ हजार ५०७ पुगेको छ। यसको समग्र मूल्य ५९ करोड ७६ लाख ५६ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ४४ करोड ५० लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार २९५ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट १ लाख २४ हजार बराबरको २११ थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको ४ थान, अमेरिकाबाट २ लाख ७४ हजार बराबरको १ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट १२ लाख २५ हजार बराबरको ८० थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌देशविवरणरकम हजारमा
चीन२५५८३०५९१५३८
जर्मनी८४१
भारत३६१२४१
लाट्भिया२१६३५२३
मलेसिया
कतार
साउदी अरेबिया
सिङ्गापुर
यूएई
१०बेलायत
११अमेरिका२७७
१२भियतनाम८०१२२५

प्रकाशित: १६ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार