विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

  • Technology Khabar | १२ मंसिर २०८२, शुक्रबार
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगेर रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो।

विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए। उनले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको बताए।

कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन।

कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्रही आउने गरेको छन्। कार्यालयले हप्तामा तीनपटक सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदै आएको छ।

कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारीचालक अनुमतिपत्र उपलब्ध गराउँदै आइरहेको छ। विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।-रासस

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • १२ मंसिर २०८२, शुक्रबार