एप्पल आईफोन फोल्डको मूल्य निकै महङ्गो हुने नयाँ रिपोर्टको दावी

Technology Khabar ११ मंसिर २०८२, बिहीबार

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल आईफोन अर्को वर्ष लन्च हुने हल्ला छ। आईफोन फोल्ड (अपेक्षित नाम) को मूल्य भने सस्तो नहुने र एक विश्लेषकले फोल्डेबलको अपेक्षित मूल्यको बारेमा खुलासा गरेका छन्।

आपूर्ति श्रृंखला डाटा र एप्पलको मार्जिन आवश्यकताहरूमा आधारित फुबोन रिसर्च विश्लेषकका अनुसार आईफोन फोल्डको मूल्य लगभग २,३९९ अमेरिकी डलर हुने अपेक्षा गरिएको छ।

तुलना गर्दा, सामसङ ग्यालेक्सी जेड फोल्ड७ को मूल्य १,९९९ अमेरिकी डलर बाट सुरु हने भएकोले एप्पलको फोल्डेबल आईफोनको मूल्य बढी हुनु अचम्मको कुरा नभएको उल्लेख गरिएको छ।

फुबोन रिसर्चले डिस्प्ले प्यानल, हिञ्ज र हल्का तौलका कम्पोनेन्टहरूको लागि आईफोन फोल्डको सामग्री लागत उच्च मूल्य ट्यागको कारण भएको विश्वास व्यक्त गरेको छ। यद्यपि, एप्पलले २०२६ मा ५.४ मिलियन सहित फोल्डेबल आईफोनको १५.४ मिलियन युनिट बिक्रि गर्ने विश्लेषकको विश्वास रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया