
काठमाडौं ।
काठमाडौं, १० कात्तिक । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७०/७१ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा ६.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव आगामी बाईसौं वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।
बैंकको आईतवार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव पेश गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।
प्रकाशित: १० कार्तिक २०७१, सोमबार