Technology Khabar ८ मंसिर २०८२, सोमबार
काठमाडौं ।
सामसङ नेपालले जाडो मौसमलाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विण्टर अफरको घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ केजी देखि १२ केजीसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी सिङ्गल डोर, डबल डोर र साइड बाइ साइड सामसङ रेफ्रिजिरेटरहरुमा अधिकतम 17 प्रतिशत क्यासब्याक उपलब्ध छ।
सामसङ वाशिङ मेशिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्ने र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेको कम्पनीले जनाएको छ।
वाशिङ मेसिन अफर
| क्याटेरी | क्षमता | क्यासब्याक प्रतिशत (सम्म) |
| सेमी अटोमेटेड टप लोड | ७ केजी | १२ |
| फुल्ली अटोमेटेड टप लोड | ८ केजी | १२ |
| एआई इकोबबल फ्रन्ट लोड | ९-१२ केजी | २० |
| एआई इकोबबल वाशर ड्रायर | ९-११ केजी | २३ |
रेफ्रिजिरेटर अफर
| क्याटेरी | क्षमता | क्यासब्याक प्रतिशत (सम्म) |
| एसबीएस | ७०० लि | ११ |
| फाइभ इन १ | ३००-४१९ लि | १५ |
| डबल डोर | 253-२७५ लि | १७ |
| सिङ्गल डोर | १९२-२३० लि | १७ |
प्रकाशित: ८ मंसिर २०८२, सोमबार