Technology Khabar ८ मंसिर २०८२, सोमबार
काठमाडौं ।
स्पेसएक्सले आइतबार नोभेम्बर २३मा नयाँ फाल्कन ९ मार्फत् तल्लो पृथ्वी कक्षमा अर्थात् लो अर्थ अर्बिटमा मेगाकन्स्टेलेसनका लागि २८ वटा उपग्रह प्रक्षेपण गर्यो।
क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग स्पेस फोर्स बेसको स्पेस लञ्च कम्प्लेक्स ४ ईस्ट (एसएलसी-४ई) बाट गरिएको प्रक्षेपण आइतबार बिहान ३:४८ ईएसटी (०८:४८ जीएमटी वा स्थानीय समय अनुसार १२:४८ एएम पीएसटी) मा सम्पन्न भएको स्पेस डटकमले उल्लेख गरेको छ। उडान सुरु भएको एक घण्टा १९ मिनेटपछि स्टारलिङ्क उपग्रहहरू तैनान गर्न सफल भयो।
यसैबीच फाल्कन ९ को पहिलो चरण ‘बुस्टर १००० (बी२बी११०००)’ ले प्रशान्त महासागरमा रहेको ड्रोन जहाज “अफ कोर्स आई स्टिल लभ यु” मा पहिलोपटक सुरक्षित अवतरण गर्यो।
स्पेसएक्सको जानकारी अनुसार यो अवतरण प्रक्षेपणको करिब आठ मिनेट ३० सेकेन्डपछि भएको हो। स्टारलिङ्क ग्रुप ११-३० का यी उपग्रहहरूले व्यावसायिक ब्रडब्यान्ड इन्टरनेट नेटवर्कका लागि हालसम्म कक्षामा रहेका ९,००० भन्दा बढी युनिटमा थप संख्या जोडेका छन्।
आइतबारको प्रक्षेपण लगातार दुई दिनभित्र भएको दोस्रो स्टारलिङ्क मिशन हो। यसअघि शनिबार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट गरिएको उडान कम्पनीको यो वर्षको १५०औँ फाल्कन ९ प्रक्षेपण बनाएको थियो।
प्रकाशित: ८ मंसिर २०८२, सोमबार