ओपनएआईले विश्वव्यापी रूपमा च्याटजीपीटी प्रयोगकर्ताहरूको लागि ग्रुप च्याट्स रोल आउट सुरु गर्यो

  • Technology Khabar | ६ मंसिर २०८२, शनिबार
ओपनएआईले विश्वव्यापी रूपमा च्याटजीपीटी प्रयोगकर्ताहरूको लागि ग्रुप च्याट्स रोल आउट सुरु गर्यो

काठमाडौं ।

ओपनएआईले गत हप्ता च्याटजीपीटी प्रयोगकर्ताहरूको लागि ग्रुप च्याट्सको पाइलटिङ सुरु गरेको थियो। यो सुविधा च्याटजीपीटीको फ्री, गो, प्लस र प्रो प्लान्समा लग–इन गरिएका प्रयोगकर्ताहरूको लागि वेब र मोबाइलमा जापान, ताइवान, न्यूजील्याण्डका साथै दक्षिण कोरियामा मात्र उपलब्ध थियो।

कम्पनीले प्रतिक्रियाको आधारमा रोलआउटलाई थप क्षेत्रहरूमा विस्तार गरिने बताएको थियो र अब सकारात्मक प्रतिक्रियाहरुको साथ कम्पनीले विश्वव्यापी रूपमा च्याटजीपीटी प्रयोगकर्ताहरूको लागि ग्रुप च्याटहरूको रोलआउटको घोषणा गरेको छ।

“पाइलटबाट प्राप्त प्रारम्भिक प्रतिक्रिया सकारात्मक रहेको छ, त्यसैले हामी आगामी दिनहरूमा विश्वव्यापी रूपमा च्याटजीपीटी फ्री, गो, प्लस र प्रो प्लान्समा सबै लग–इन गरिएका प्रयोगकर्ताहरूलाई ग्रुप च्याटहरू विस्तार गर्दैछौं। हामी धेरै मानिसहरूले यसलाई प्रयोग गर्न थालेपछि अनुभवलाई परिष्कृत गर्न जारी राख्नेछौं” भनि ओपनएआईले ब्लग पोस्टमा उल्लेख गरेको छ।

च्याटजीपीटीले तपाईंलाई ग्रुप च्याटमा २० जनासम्म मानिसहरूलाई आमन्त्रित गर्न दिनेछ र ग्रुप च्याटहरूमा प्रतिक्रियाहरू च्याटजीपीटी ५.१ अटो द्वारा संचालित हुनेछन् भने प्रम्प्ट र च्याटजीपीटीले प्रतिक्रिया दिइरहेको प्रयोगकर्तालाई उपलब्ध मोडेलहरूको आधारमा प्रतिक्रिया दिनको लागि उत्तम मोडेल छनौट गर्ने बताइएको छ।

त्यसैगरी, दर सीमाहरू प्रयोगकर्ताहरू समूहमा एकअर्कासँग च्याट गरिरहेको बेला नभइ च्याटजीपीटीले प्रतिक्रिया दिँदा मात्र लागू हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...