Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
जीएआई ग्रुप नेपालले स्पेनको ओनेरा ग्रुपसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘कमर्सियल किचन’ उपकरणहरूको अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।
काठमाडौंको सानो भर्याङमा स्थापना गरिएको उक्त शोरुममा ओनेरा ग्रुप अन्तर्गतका फागोर, एडेनोक्स र एस्बर गरी तीन प्रतिष्ठित ब्रान्डका उपकरणहरू उपलब्ध रहेका छन्।
ओनेरा ग्रुप फेगोर स्पेन तथा फागोर युएईका प्रतिनिधिहरूको उपस्थितिमा नोभेम्बर २० मा शोरुम उद्घाटन गरिएको छ।
जीएआईका प्रबन्धक निलु बज्राचार्यका अनुसार, उद्घाटनपछिका तीन दिन होटल तथा रेस्टुरेन्ट व्यवसायी, सेफ तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई तालिम समेत प्रदान गराइएको छ।
नोभेम्बर २३ तारिखबाट भने उक्त शोरुम सबैका लागि खुल्ने बज्राचार्यले बताइन्।
जीएआई ग्रुपले सन् २०१६ देखि नेपाली बजारमा कमर्सियल किचन र रेफ्रिजेरेसनसँग सम्बन्धित सम्पूर्ण उपकरणहरू एकै छानामुनि उपलब्ध गराउँदै आएको छ।
यो कम्पनी फागोर, युनोक्स, विन्टरहल्टर, साम्मिक, ला कारिमाली, वाईपीटी, इलान्प्रो, वासम्याटिक र इन्फ्रिकोजस्ता विश्वस्तरीय ब्रान्डका सामग्री आपूर्तिकर्ताका रूपमा प्रतिष्ठित छ।
साथै, कम्पनीले अनुभवी तथा दक्ष डिजाइनरहरूमार्फत किचनको डिजाइन गर्ने र सही उपकरण छनोटमा व्यवसायीहरूलाई परामर्श तथा सहयोग समेत प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार