Technology Khabar ६ मंसिर २०८२, शनिबार
काठमाडौं ।
आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशमा डिजिटल भुक्तानी ग्राहकको कुल संख्या १२ लाख ८५ हजार ३६ पुगेको छ। यसैगरी क्रेडिट कार्डको कुल सङ्ख्या ४ हजार ३०८, , डेबिड कार्डको सङ्ख्या ३ लाख ३१ हजार ३३१, मोबाईल बैंकिङ्ग कारोबार सङ्ख्या ८ लाख ८२ हजार ७१९ रहेको छ।
यसबाहेक अनलाईन बैंकिङ्ग कारोबार सङ्ख्या ३१ हजार ८३, पिओएस कारोबार सङ्ख्या २७५, प्रिपेड कार्ड प्रयोगकर्ताको सङ्ख्या ७५४ तथा र क्युआर मर्चेन्टको कुल सङ्ख्या ३४ हजार ५६६ संख्या पुगेको छ।
नेपाल राष्ट्रबैंकले हालै जारी गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ वार्षिक प्रतिवेदन कर्णाली प्रदेशमा यो विवरण उल्लेख गरिएको छ।

विवरण अनुसार यस अवधिमा हुम्ला र मुगुमा २ / २ वटासहित कर्णाली प्रदेशमा समग्र ११७ ए.टि.एम सञ्चालनमा रहेका छन्। यसैगरी यो अवधिसम्म कर्णाली प्रदेशमा मोबाईल बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकको संख्या ९ लाख ४ हजार ४३१ पुगेको छ।
जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ३ लाख ५३ हजार २ सय र सबैभन्दा कम मुगुमा १९ हजार ८९९ रहेका छन्। त्यसैगरी इन्टरनेट बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकका संख्या १९ हजार ३७५ पुगेको छ जसमध्ये, सबैभन्दा बढी सुर्खेतमा ११ हजार ३६२ र सबैभन्दा कम मुगुमा १४६ रहेका छन्।

प्रकाशित: ६ मंसिर २०८२, शनिबार