Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम एण्ड वेल- बीइङ स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।
सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फेमिली पेयरिङ फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको टाइम अवे फिचरजस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ।
यस वर्ष टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि मेडिटेशन फिचर पनि सुरु गर्यो।
अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको कम्पनीको दावी छ।
सकारात्मक आनीबानीको विकास
नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok, #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ टाइम एण्ड वेल बिइङ फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।
यो फिचरले अहिलेको स्क्रीन टाइम म्यानेजमेन्ट पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउँछ, जस्तै:
• अफरमेशनल जर्नल – हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी अफरमेशन कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।
• सुदिङ साउण्ड जेनेरेटर – वर्षा, समुद्री छाल र व्हाइट नोइजजस्ता मन शान्त बनाउने आवाज सुन्न सकिने। सर्वेक्षण अनुसार टिकटक प्रयोगकर्ताहरू प्रयोग नगर्नेहरू भन्दा १४ प्रतिशतले बढी निद्रा वा आराम पाउनका लागि संगीत सुन्छन्।*
• ब्रेदिङ एक्सरसाइज – विभिन्न प्रकारका ध्यान र सास-प्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।
डिजिटल वेल-बीइङ र सचेत अनुभवका थप सुविधाहरू
नयाँ टाइम एण्ड वेल- बीइङ स्पेस सुरू गर्दै टिकटकले अब चारवटा नयाँ वेल-बीइङ मिशन पनि ल्याएको छ। यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छन्। मिसनहरू पूरा गर्दै जाँदा प्रयोगकर्ताले ब्याज पाउँछन् जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।
• यी सुविधामा आठ–हप्ते स्लीप आवर्स मिशन समावेश छ, जहाँ प्रयोगकर्ताले भर्चुअल वेल- बीइङ ट्री बढाउन सक्छन्। योसँगै निर्धारित सीमाभित्र रहेर प्रयोग गरेमा डेली स्क्रीन टाइम ब्याज र हरेक हप्ता स्क्रीन टाइम रिपोर्ट चेक गर्ने वीकली मिशन पनि उपलब्ध छ।
• प्रयोगकर्ताहरूले वेल-बीइङ एम्बेस्डर मिशनमार्फत आफ्ना साथीहरूलाई पनि मिसनमा सहभागी गराई यी अनुभवहरू सँगै गर्न निमन्त्रणा गर्न सक्छन्।
यी मिसनहरू पूरा गर्दा प्रयोगकर्ताले डिजिटल ब्याज कमाउन सक्छन् जसले उनीहरूको सचेत र स्वस्थ डिजिटल बानीलाई प्रोत्साहित गर्छ। यी मिसनहरू टिकटकको डिजिटल वेलनेस ल्याबको आफ्नै अनुसन्धान र युथ काउन्सिलको सुझावका आधारमा तयार गरिएका हुन्। यो स्पेसले रोकथामभन्दा पनि सकारात्मक प्रोत्साहनलाई प्राथमिकता दिन्छ।
अनुसन्धानका अनुसार, दुई तिहाई किशोर–किशोरीहरूले डिजिटल टाइम म्यानेजमेन्ट टुल्सलाई उपयोगी ठान्दछन्। पहिलो चरणको परीक्षणले राम्रो सहभागिता देखाएको छ, प्रयोगकर्ताहरू पहिलेको स्क्रीन टाइम मेनुमा भन्दा यो नयाँ स्पेसमा धेरै पटक फर्किएका छन् र अफरमेशन जर्नल सबैभन्दा लोकप्रिय फिचर बनेको छ।
कम्पनीले अझ धेरै प्रयोगकर्तालाई टाइम एण्ड वेल-बीइङ स्पेसमा जोड्ने उद्देश्य प्रयोगकर्ताले नयाँ टाइम एण्ड वेल-बीइङ स्पेस सजिलै भेटून् भनेर कसैको डेली स्क्रीन टाइम लिमिट पुगेको वा उनीहरूको स्लीप आवर्स सक्रिय हुने अवस्थामा पनि हामीले सोही स्पेसको लिंक उपलब्ध गराउनेछ।
त्यसैगरी टेक अ ब्रेक भिडियोहरूमा पनि नयाँ टाइम एण्ड वेल-बीइङ पेजतर्फ निर्देशित गर्ने सन्देश थपिएको छ। कम्पनीको उद्देश्य यो स्पेसलाई कम्युनिटीका लागि अझ उपलब्ध, सजिलो र देखिने बनाउनु रहेको जनाइएको छ।
आगामी दिनहरूमा यी टुलहरूलाई मानिसहरूको दैनन्दिन प्रयोगको सक्रिय हिस्सा बनाउन थप फिचरहरू जारी गर्ने योजना कम्पनीको रहेको छ। यसका लागि टिकटकको सम्पूर्ण अनुभवमा यी वेल-बीइङ टुलहरूलाई अरू कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा पनि खोज–अनुसन्धान भइरहेको छ।
टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकून्। यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनःप्रस्तुत गर्दछ।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार