Technology Khabar ५ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
पालो अल्टो नेटवर्क्सले बुधबार क्लाउड व्यवस्थापन र मोनिटरिङ कम्पनी क्रोनोस्फियरलाई ३.३५ अर्ब डलरमा किन्न लागेको घोषणा गरेको छ। साइबर सुरक्षा कम्पनीले आफ्नो AI क्षमतालाई बलियो बनाउन यो अधिग्रहण गरिरहेको जनाएको छ।
क्यालिफोर्नियाको सान्टा क्लारामा आधारित पालो अल्टो ले क्रोनोस्फियर लाई कर्टेक्स एजेन्टिक्स प्लेटफर्मसँग एकीकृत गर्ने योजना बनाएको छ, जसबाट क्लाउड व्यवस्थापन कम्पनीको डाटा प्रयोग गरी प्रदर्शनसम्बन्धी समस्या पहिचान गर्ने र यसको मूल कारण स्वचालित रूपमा पत्ता लगाउने एआई एजेन्टहरू चलाउन सकिनेछ। पालो अल्टोले यो लेनदेनको भुक्तानी नगद र नयाँ इक्विटीमार्फत गर्नेछ जसले पुराना अवार्डहरूलाई प्रतिस्थापन गर्नेछ।
रोयटर्सका अनुसार बजार बन्द भएपछि पालो अल्टोका सेयर ३ प्रतिशतभन्दा बढीले घटेका थिए। क्रोनोस्फियरको उच्च मूल्य र साइबरआर्क सम्झौता बन्द हुनु अघि नै अधिग्रहण घोषणा गरिएको कारण सेयरमा दबाब परेको विश्लेषक रुडि केसिङ्गरले बताएका छन्।
पालो अल्टो ले क्रोनोस्फियर का वार्षिक आवर्ती आम्दानी (एआरआर) को करिब २१ गुणा रकम तिर्नेछ। कम्पनीको ARR २०२५ सेप्टेम्बरको अन्त्यसम्म १६० मिलियन डलरभन्दा बढी थियो।
कम्पनीले यसअघि जुलाईमा करिब २५ अर्ब डलरमा पहिचान सुरक्षा कम्पनी साइबरआर्क सफ्टवेयर किन्न लागेको घोषणा गरेको थियो। गत हप्तामात्र साइबरआर्क का सेयरधारकहरूले अधिग्रहण स्वीकृत गरेका हुन्।
दुवै सौदाहरू २०२६ को आर्थिक वर्षको दोस्रो छिमाहीमा बन्द हुने अपेक्षा गरिएको छ। यसैबीच पालो अल्टोले बढ्दो साइबर खतरालाई सामना गर्न आफ्ना सुरक्षासम्बन्धी समाधानको माग तीव्र रूपमा बढ्ने अनुमान गर्दै वार्षिक आम्दानी र नाफा अनुमान पनि बढाएको छ।
आर्थिक वर्ष २०२६ का लागि अब कम्पनीले १०.५० अर्बदेखि १०.५४ अर्ब डलरसम्म आम्दानी हुने देखेको छ, जसअघि १०.४८ अर्बदेखि १०.५३ अर्ब डलरको अनुमान थियो।
प्रकाशित: ५ मंसिर २०८२, शुक्रबार