एनपीएल सिजन २ एकमात्र आधिकारिक ओटीटी प्लेटफर्म ‘डिशहोम गो’को मोबाइल र वेबमा उपलब्ध, ३०० रुपैयाँमा पुरै सिजन हेर्न पाईने

Technology Khabar १ मंसिर २०८२, सोमबार

काठमाडौं ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करण (NPL Season 2) का सबै ३२ खेल अब डिशहोम गो (DishHome GO) एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ हेर्न सकिने डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ।

प्रतियोगिता आजदेखि १६ मंसिर २०८२ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुँदैछ।

कम्पनीकाअनुसार, एनपीएल सिजन २ को प्रत्यक्ष प्रसारण डिशहोम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ, युट्यूबमा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन (Clean Feed) प्रसारण हुनेछ, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।

सरल र सुविधाजनक भुक्तानी गर्न सकिने ईसेवा, खल्ति, भिसा र मास्टरकार्ड

अब डिशहोम गोमार्फत नेपाली प्रिमियर लिग २ का सबै खेल हेर्न देश-विदेशका दर्शकका लागि ईसेवा, खल्ती, भिसा र मास्टरकार्डबाट सहज भुक्तानी सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सुविधामा यी वालेट तथा भुक्तानी माध्यमबाट सजिलै भुक्तानी गर्न सक्ने बताईएको छ।

दर्शक देश विदेश जहाँ भएपनि, आफ्नो मोवाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटोरुपमा भुक्तानी गरेर एनपीएल हेर्न सक्नेछन्। यो सिजन पास खरिद गरेपछि आफूलाई सहज हुने मोबाइल एप वा वेब ब्राउजरबाट हेर्न सक्ने उल्लेख छ।

सब्सक्रिप्सन शुल्क

एनपीएल २ को सम्पूर्ण टुर्नामेन्ट (पुरै १२ खेल) देखाउनका लागि नेपालभित्रका दर्शकका लागि केवल ३०० रुपैयाँ तोकिएको छ भने मध्यपूर्व (Middle East) का दर्शकहरुका लागि ५०० रुपैयाँ तथा अन्य सबै देशका दर्शकले १० अमेरिकी डलरमा सदस्यता लिएर हेर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

डिटीएच प्लेटफर्मको नियमअनुसार, एकपटक सप्सक्रिप्शन लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिता भर डिशहोम गोमा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन्।

कुन-कुन प्लेटफर्मबाट हेर्न सकिने छ

डिशहोम गो (DishHome GO) निम्न प्लेटफर्महरुमा उपलब्ध छः

मोबाईल एप (Android, iOS)

एन्ड्रोइड टिभी (Android TV)

वेब ब्राउजर (वेबसाइट मार्फत)

“डिशहोम गो (DishHome GO)” एप गुगल प्ले स्टोर साथै एप्पलको एप स्टोरमा उपलब्ध छ। सजिलै साझेदारी गर्न, रजिस्ट्रेशन गर्न र दर्शकको लागि विज्ञापन रहित स्ट्रिमिङ गर्न साथै स्पोर्ट्सको लागि पनि जुनसुकै समयमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यसरी हेर्न सकिन्छ

  • दर्शकहरुले एप स्टोरमा गएर डिशहोम गो एप डाउनलोड गर्ने।
  • त्यसपछि एप खोलेर त्यहाँ आफूले चाहेको पेमेन्ट अप्सन छनोट गर्ने।
  • यदि तपाईँसँग कुपन कोड छ भने त्यसलाई समेत उपयोग गर्न सक्नुहुनेछ।
  • पेमेन्ट अप्सनमा खल्ती ईसेवा तथा भीसा वा मास्टरकार्डको अप्सनमध्ये एक छनोट गर्ने।
  • भुक्तानीका लागि तोकिएको सब्सक्रिप्सन शुल्क तिर्ने।
  • सब्सक्रिप्सन शुल्क तिरेसँगै सिधै एप भित्र गएर एनपीएल वाच नाउमा क्लिक गरेर सबै गेमहरु फुल एचडीमा हेर्न सकिनेछ।

उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी

उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि डिशहोम गोले आईसीसी च्याम्पिएन्स ट्रफीको दौरान २० लाख भन्दा बढी कन्करेन्ट भ्यूअर्सको ट्राफिक ह्यान्डल गरेको अनुभव भएको अन्तर्राष्ट्रिय ओटीटी समाधान प्रदायक मोबिओटिक्स (Mobiotics) का साथै हटस्टार मार्फत आईपीएल स्ट्रिमिङका ठुलो स्ट्रिमिङ रिकाडर्सहरुलाई सपोर्ट गरेको इतिहास राखेको विश्वविख्यात क्लाउड/कन्टेन्ट डेलिभरी प्रदायक, जसले अकामाई (Akamai)जस्ता अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ। यसका साथमा डिशहोम गोले एनपीएल २ को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउने बताएको छ।

डिश मिडिया नेटवर्क लिमिटेडका प्रतिनिधिका अनुसार, “ नेपाल प्रिमियर लिग मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं। ईसेवा, खल्ती, भीसा र मास्टरकार्ड जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिनु प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं। डिशहोम गोको सेवा प्रति देश र विदेशमा अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको छ।”

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया