“बालबच्चाहरुको पालनपोषण सल्लाह” को लागि च्याटजीपीटीतर्फ आमाबाबुको बढ्दो आकर्षण

Technology Khabar २ मंसिर २०८२, मंगलवार

काठमाडौं ।

आमाबाबुले आफ्नो बालबच्चा हुर्काउने बारे सल्लाहको लागि ओपनएआईको च्याटजीपीटी तिर बढ्दो रूपमा झुकाव दखिएको र यो अनियन्त्रित प्रयोगको नतिजा अप्रत्याशित भएको बताइएको छ।

आमाबाबुहरूले व्यवहारिक समस्याहरू कसरी सम्हाल्ने वा आफ्ना बच्चाहरू बिरामी हुँदा चिकित्सा सल्लाहको लागि च्याटजीपीटीसँग सोध्ने गरेको बताइएको छ।

त्यसैगरी बटलाई आमाबाबुले आफ्ना बच्चाहरूको सुत्ने समयमा कथाहरू पढ्नको लागि वा घण्टौंसम्म कुरा गरेर मनोरञ्जन दिन च्याटजीपीटी प्रयोग गर्ने गरेको अतिरिक्त तथ्यको पनि खुलासा गरिएको छ।

भ्रमलाई तीव्र बनाउने र वास्तविकताबाट अलग्याउने जस्ता सबैभन्दा ठूलो कमजोरीहरू च्याटजीपीटीमा भएको हुनाले र केही किशोरकिशोरीहरू पनि समावेश रहेको आत्महत्याहरूसँग जोडिएको भयानक घटनाको कारणले गर्दा एआईतर्फको अभिभावकीय जिम्मेवारीको यो सम्पूर्ण परिवर्तनलाई चिन्ताजनक मानिएको छ।

च्याटजीपीटी र यसको सल्लाहको सम्पर्कमा आउने बालबालिकाको उमेर स्पष्ट रूपमा घट्दै गइरहेको थप उल्लेख गरिएको छ। २०२३ मा स्कूल जाने उमेरका बालबालिकाका लगभग ३० प्रतिशत अभिभावकहरूले च्याटजीपीटी प्रयोग गरेको र यो संख्या निस्सन्देह बढेको उल्लेख गरिएको छ।

“च्याटजीपीटीको सबै ज्ञात नकारात्मक पक्षहरूको बारेमा थाहा भएर पनि यदि अभिभावकहरू अझै पनि च्याटजीपीटी प्रयोग गर्न चाहन्छन् भने उनीहरूले बोटले उत्पन्न गर्ने जानकारीको साथ उचित हेरचाह गर्नुपर्छ र प्रविधिको सेवाका साथै गलत प्रतिक्रिया भ्रमको प्रवृत्ति रहेको हुनाले यसलाई गम्भीरताका साथ प्रयोग गर्नुपर्छ” भनि एक बाल रोग विशेषज्ञले बताएका छन्।

“यो एउटा उपकरण हो र यो अविश्वसनीय छ र यो झन्झन् व्यापक हुँदै गइरहेको छ” फ्लोरिडाका माइकल ग्लेजियरले भने।

ग्लेजियरले आमाबाबुलाई च्याटजीपीटीलाई सुरुवात बिन्दुको रूपमा मात्र प्रयोग गर्न र अन्ततः चिकित्सा विशेषज्ञसँग परामर्श गर्न पनि सल्लाह दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया