के तपाईँ पनि एसएमसी एपजस्तो अनलाइन ठगीमा फस्नुभएको छ? साइबर ब्युरो भन्छ: सजग रहनुहोस्

Technology Khabar ३० कार्तिक २०८२, आईतवार

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एपका नाममा भइरहेको अनलाइन ठगीमा नफस्न सबैलाई आग्रहसहित सचेत गराएको छ। ब्युरोले यसै हप्ता एक समग्री जमरी गरी सम्बन्धित सबैलाई सचेत गराएको हो।

‘सामाजिक सञ्जाल तथा अनलाईनका विभिन्न माध्यमहरूमा एसएमसी एपका नाममा सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने जस्ता किसिमका प्रलोभन देखाई एकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहानामा ठगी गर्ने प्रवृत्ति बढ्दै गईरहेको हुँदा यस्ता प्रलोभनमा नपर्न हुन अनुरोध गरिन्छ’, सामग्रीमा उल्लेख छ।

के नगर्ने?
  • अप्रत्यासित लिङ्क तथा चिट्ठा पर्यो भनि आएका मेल/लिङ्कहरूको विश्वासमा परी क्लिक नगरौँ।
  • विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनि गिफ्ट/आईफोनको फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपरौँ।
  • आफ्नो गोप्य फोटो/भिडियो, तथा व्यक्तिगत जानकारी जो कोहीसँग सेयर नगरौँ।
  • आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ।
  • फेसबुकमा ‘स्पोन्सर्ड’ भनी आउने अनलाइन जागिर तथा प्रलोभनको पछि नपरौँ।
  • सार्वजनिक स्थानमा उपलब्ध फ्री वाई-फाईमा बैंङ्किक कारोबार वा संवेदनशील जानकारी आदनप्रदान नगरौँ।
के गर्ने?
  • चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी यकीन गरौँ – ह्याक भएको आईडि हुन सक्छ।
  • सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गरौँ।
  • सम्भव भएसम्म अनलाईन खाताहरूमा टु फ्याक्टर अथेन्टिकेशन वा मल्टि फ्याक्टर अथेन्टिकेशन प्रयोग गरौँ। यो भनेको पासवर्ड सँगै ओटीपी समेत हो।
  • कम्प्युटर/ल्यापटपलाई समय समयमा अपडेट गरौँ, विश्वसनीय एन्टिभाइरस प्रणालीहरू प्रयोग गरौँ।
  • जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने गरौँ (पोर्टेबल हार्ड डिस्क, क्लाउड लगायत)।
  • बालबालिकाहरू, घर परिवारका सदस्यहरू प्रविधिको प्रयोग तथा अनलाईनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गरौँ।

प्रकाशित: ३० कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया