ओयोद्वारा नेपालमा १५० भन्दा बढि होटल रुपान्तरण, सन् २०१९सम्म १५ शहरमा पुग्ने लक्ष्य

Technology Khabar ४ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेन्चाईज होटल र घरहरु र गुणस्तरीय आवास ओयोले १४ दिनभित्र होटल नवीकरण र रुपान्तरण गरेर नयाँ मापदण्ड स्थापना गरेको छ । जसले अहिलेको उद्योगहरुको ९० दिनसम्मको मापदण्डलाई कडा चुनौती दिएको दाबी गरेको छ ।

भारत, चीन र अन्य अन्तर्राष्ट्रिय बजारमा सिभिल ईन्जिनियर र डिजाईनर गरेर १२ सय भन्दा बढि ओयोप्रेनरको बलियो ग्लोबल टोली रहेको ओयोले नेपालका १५० भन्दा बढि होटलहरुको आधारभूत संरचना बढाउदै त्यसलाई रुपान्तरण गरिसकेको छ ।

ओयोले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा र भक्तपुरमा जोडतोडले सेवा विस्तार गरिरहेको छ । ओयोको नेपालमा १५० फ्रेन्चाईज होटल र २५०० भन्दा बढि कोठाहरु रहेका छन् ।

भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भन्ने, ‘नेपाल, भारत र दक्षिण एशियामा सेवा विस्तार गर्न ओयो गहिरोरुपले केन्द्रित रहेको छ । थप चौध सय करोड भारतीय रुपैया लगानीका साथ मलाई लाग्छ कि हामीले हिजोका दिनभन्दा अझ बढि ग्राहकहरुलाई उत्कृष्ट अनुभव र मूल्य प्रदान गर्न सक्षम भएका छौँ । नेपालमा पनि अब छिट्टै ३ शहरबाट सन् २०१९ सम्म १५ शहरहरुमा सेवा विस्तार गर्ने छौँ ।’

गति प्रक्रिया निरिक्षण गर्न समर्पित नवीकरण र रुपान्तरण एप- ओयो अटिप्मस एक समर्पित ट्रान्स्फरमेसन एप हो । यो एपले ओयो टोलीलाई लागतको अनुमान, तोकिएको काम वितरण पूरा गर्न थप बजेट र त्यसको गति प्रक्रिया हेरेर होटल रुपान्तरणका आवश्यकताहरु बुझ्न मद्दत गर्छ । यसले होटल संञ्चालक, ओयो टिम लगायत सम्बन्धित व्यक्तिहरुलाई नवीकरण तथा रुपान्तरण प्रक्रियाको समग्र दृष्य देखाउन मद्दत गर्छ ।

ओयोले १५० फ्रेन्चाईज र पूर्ण व्यवस्थित ओयो ब्राण्डका होटलहरु स्थापना गरेर देशभर पदचिन्ह विस्तार गरिरहेको छ । ओयोका होटलहरुमा आरामदायी कोठा, निःशुल्क बिहानको खाजा, दागरहित सफा बिछ्यौना, निःशुल्क वाईफाई र चौबिसै घण्टा सेवा सुविधाहरु उपलब्ध छ । ओयो होटलका कोठाको मूल्य रु ९९९ बाट सुरु हुन्छ । देशभरका फ्रेन्चाईजमा ओयोका २५ सय भन्दा बढि कोठाहरु रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ४ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया