गुगल फोटोजले नानो बनाना र एआई टेम्प्लेटहरू प्राप्त गर्दै

Technology Khabar २७ कार्तिक २०८२, बिहीबार

काठमाडौं ।

गुगलको जेमिनी एआईको लागि ठूलो सफलता मानिएको नानो बनाना अब गुगल फोटोजमा पनि आउने भएको छ। यसको अर्थ अब गुगल फोटोज भित्रै फोटोमा तपाईंले चाहेको सम्पादनहरू वर्णन गर्न सकिने छ। इडिटरमा “हेल्प मि इडिट” मा ट्याप गरेर चाहिएको कुरा व्याख्या गरेर नानो बनानालाई भन्न सकिने बताइएको छ।

गुगलले गुगल फोटोजमा नयाँ ‘क्रियट विथ एआई’ (एआईबाट सिर्जना गर्नुहोस्) खण्ड पनि थप गर्ने भएको छ। यसले रेडि–मेड (तयारी अवस्थामा रहेको) एआई टेम्प्लेटहरू प्रस्तुत गर्नेछ र आफ्नै प्रम्प्ट आवश्यक नपर्ने उल्लेख गरिएको छ। यो सुविधा अमेरिका र भारतमा “यस हप्तादेखि” रोल आउट हुँदैछ”भने टेम्प्लेटहरू नानो बनानाद्वारा पनि सञ्चालित हुने बताइएको छ।

साथै आगामी हप्ताहरूमा, गुगलले अमेरिकामा रोल आउट गर्ने पर्सनालाइज्ड (व्यक्तिगत) टेम्प्लेटहरूले “तपाईंको शौक र अनुभवहरूको लागि अद्वितीय सम्पादनहरू सिर्जना गर्न तपाईंको फोटो ग्यालरीबाट तपाईंको बारेमा अन्तर्दृष्टि” प्रयोग गर्ने कम्पनीले बताएको छ।

तपाईंलाई प्राकृतिक, एआई–संचालित तरिकाले विशिष्ट तस्बिरहरू फेला पार्न र तपाईंको ग्यालरी खोज्न मद्दत गर्ने उपकरण ‘आस्क फोटोज’ अब १०० भन्दा बढी नयाँ देशहरू र क्षेत्रहरूका साथै १७ नयाँ भाषाहरूमा उपलब्ध हुने जनाइएको छ। यद्यपि, यो अझै ईयू वा यूकेमा उपलब्ध नभएको उल्लेख गरिएको छ।

त्यसैगरी अब नयाँ आस्क बटन पनि उपलब्ध रहेको छ र यसले तपाईंलाई तुरुन्तै जवाफहरू प्राप्त गर्न मद्दत गर्नेछ। साथै पुनः डिजाइन गरिएको फोटो इडिटरंले चाहेको सम्पादनहरू वर्णन गर्ने क्षमता सहित, अब अमेरिकामा आईओएसमा रोल आउट गरिने जीएसएमएरिनाले रिपोर्टले गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया