Technology Khabar १९ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
भारतीय स्मार्टफोन बजार २०२५ को तेस्रो त्रैमासिकमा सकारात्मक देखिएको काउन्टपोइन्टको रिपोर्टले उल्लेख गरेको छ। २०२४ को तेस्रो त्रैमासिकको तुलनामा बजार वषिक रुपमा ५ प्रतिशतले पूर्ण मात्रामा बढेको र अझ प्रभावशाली रूपमा, यसको मूल्य वार्षिक रूपमा १८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
एप्पल र सामसङ फ्ल्यागशिपहरूको बलियो मागले गर्दा प्रिमियम खण्ड ( भा.रु. ३०,००० भन्दा माथिका फोनहरू) मा भएको वृद्धिको कारणले ढुवानी वार्षिक रूपमा २९ प्रतिशतले बढेको छ।
एप्पलले कुल मात्राको ९ प्रतिशत प्राप्त गरेको र प्रभावशाली रूपमा मूल्य हिस्साको २८ प्रतिशत ओगटेको छ। मूल्य हिस्साको हिसाबले सामसङ दोस्रो स्थानमा रहेको छ र सम्पूर्ण बजार हिस्साको २३ प्रतिशत ओगटेको उल्लेख गरिएको छ।
भिभो ढुवानी गरिएका फोनहरूको मात्रामा पहिलो र मूल्यमा तेस्रो स्थानमा रहेको छ। ब्राण्ड (आईक्यूओओ बाहेक) ले यसको टी–सिरिज मिडरेन्ज लाइनअपको साथ सफलता हासिल गरेको छ।
आईक्यूओओ भोल्युम (मात्रा) को हिसाबले ५४ प्रतिशत वार्षिक रूपमा सबैभन्दा छिटो वृद्धि गर्ने ब्राण्ड बनेको छ। मोटोरोलाको जी र एज सिरिजको बलियो मागका कारण कम्पनीको ढुवानी वार्षिक रुपमा ५३ प्रतिशतले प्रभावशाली रूपमा बढेको छ। त्यसैगरी लाभा १०,००० भारतीय रुपैयाँभन्दा कम मूल्यको खण्डमा सबैभन्दा छिटो बढ्दो ब्राण्ड बन्न सफल भएको छ।
मिडियाटेकले ४६ प्रतिशत हिस्साका साथ स्मार्टफोन बजारको नेतृत्व गरेको छ भने त्यसपछि क्वालकमले २९ प्रतिशत हिस्साको साथ दोस्रो स्थानमा रहन सफल भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ कार्तिक २०८२, बुधबार