परिमार्जित सिरीले गोप्य रूपमा गुगल जेमिनी प्रयोग गर्ने नयाँ रिपोर्टको दावी

  • Technology Khabar | १९ कार्तिक २०८२, बुधबार
परिमार्जित सिरीले गोप्य रूपमा गुगल जेमिनी प्रयोग गर्ने नयाँ रिपोर्टको दावी

काठमाडौं ।

एप्पलको सुधारिएको र एआई–करण गरिएको सिरी अब आईओएस २६.४ मा आउने हल्ला चलिरहेको छ। धेरै पटकको ढिलाइ पछि अब यो आउँदो वसन्तमा रिलीज हुने तालिका तय गरिएको बताइएको छ।

यो कम्पनीका डिभाइसहरूका प्रयोगकर्ताहरूका लागि केही राम्रो खबर हो तर नयाँ रिपोर्टले पर्दा पछाडि के भइरहेको छ भन्ने बारेमा रोचक खुलासा गरेको छ।

एप्पलले नयाँ सिरीको लागि गुगल जेमिनी मोडेलहरू प्रयोग गर्ने दावी गरिएको छ। एप्पलले मूल रूपमा गुगललाई एक कस्टम जेमिनी–आधारित मोडेल सिर्जना गर्न भुक्तानी गरिरहेको बताइएको छ र यो सिरीलाई शक्ति दिन एप्पलको निजी क्लाउड सर्भरहरूमा चल्न सक्ने उल्लेख गरिएको छ।

चाखलाग्दो कुरा के छ भने, एप्पलले स्पष्ट रूपमा गुगलको जेमिनीलाई एन्थ्रोपिकको क्लाउडको विरूद्ध खडा गरेको बताइएको छ। एप्पलले गुगलको जेमिनीभन्दा एन्थ्रोपिकको क्लाउड राम्रो मोडेल भएको थाहा पाए पनि दुई कम्पनीहरूको अवस्थित सम्बन्धलाई ध्यानमा राख्दै गुगलसँग जाँदा राम्रो आर्थिक फाइदा हुने देखेर निर्णय गरेको बुझिएको छ (गुगलले एप्पललाई आफ्नो डिभाइसहरूमा डिफल्ट सर्च (पूर्वनिर्धारित खोज) विकल्प हुनको लागि भुक्तानी गर्दछ)। त्यसैले, सम्भवतः, गुगलले आफ्नो मोडेलहरूमा पहुँच प्रदान गर्दै यसको लागि एप्पललाई रककम कम तिर्नेछ।

यद्यपि कुनै पनि प्रकारको जेमिनी ब्रान्डिङ भने कतै पनि देखा नपर्ने वा कुनै पनि कम्पनीले सार्वजनिक रूपमा यो साझेदारीलाई स्वीकार गर्ने अपेक्षा नगर्नको लागि आग्रह गरिएको छ। साथै एप्पलले यी सबैलाई आफ्नै एआईको रूपमा विज्ञापन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB pledges 70 bln USD to boost energy, digital connectivity in Asia-Pacific

  • Technology Khabar
  • १९ कार्तिक २०८२, बुधबार