Technology Khabar १७ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
अमेरिकी अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको भर्जिनियामा स्कूलका बच्चाहरूबाट लिइएका लगभग १,३०० ई– सिगरेटहरूको विश्लेषण गरेका छन्।
युवाहरूलाई उनीहरूले वास्तवमा के शेवन गरिरहेका छन् भनेर देखाउनु उनीहरूको लक्ष्य भएको मिडिया रिपोर्टहरूले उल्लेख गरेको छ।
धेरैजसो डिभाइसहरूमा निकोटिन भएको र केहीमा क्यानाबिनोइडहरू (प्रायः सिंथेटिक र बिरुवा–आधारित कम्पाउण्डहरूको मिश्रण) रहेको पत्ता लगाइएका थिए।
तर सबैभन्दा नराम्रो र खतरनाक कुरा भनेको केही ई–सिगरेटहरूमा ब्याक्टेरिया, यिस्ट र ई. कोलाई भेटिएका थिए जसले मल मिसावट भएको संकेत गर्दछ। साथै ई–सिगरेटहरूमा भेटिएका मिसावटहरुले केही अवस्थामा, स्तरहरूको सुरक्षित सीमा पार गरेको उल्लेख गरिएको छ।
भ्येपिङ प्रयोगकर्ताहरूले निकोटिन र लागूपदार्थ जस्तै प्रभाव भएका अन्य सामग्रीहरूको अतिरिक्त वास्तवमा शौचालयका कीटाणुहरू सासबाट शेवन गरिरहेको टेलीग्राफले रिपोर्टह गरेको छ।
प्रकाशित: १७ कार्तिक २०८२, सोमबार