Technology Khabar १८ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
एक प्रयोगकर्ताले च्याटजीपीटी लाई १४० वर्षसम्म कसरी बाँच्ने भनेर सोधेका छन्।
च्याटजीपीटीले दिएको उत्तर आहार, आनुवंशिकी वा पैसासँग नभइ तनावसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
च्याटजीपीटीले लामो समयसम्म बाँच्ने मानिसहरूमा एउटा कुरा समान हुने गरेको र तिनीहरू प्रायः एक ठाउँ देखि अर्को सर्ने, सम्पर्कमा रहने र विष जस्तै दीर्घकालीन तनावबाट बच्ने गर्दछन् भनि बताएको उल्लेख गरिएको छ।
तिनीहरू थकित हुँदा आराम गर्छन् र आफ्नो जीवन खुलेर बाँच्नका लागि अवकाशसम्म पर्खदैनन् भनेर उत्तर दिएको बताइएको छ।
लामो समयसम्म कसरी बाँच्ने भन्ने कुरा वास्तवमा तपाईंले के खानुहुन्छ भन्ने बारेमा कम र तपाईं कस्तो महसुस गर्नुहुन्छ र तपाईं कोसँग समय बिताउनुहुन्छ भन्ने बारेमा बढी केन्द्रित रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ कार्तिक २०८२, मंगलवार