यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा  चल्यो, लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुचारु

Technology Khabar १६ कार्तिक २०८२, आईतवार

यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा  चल्यो, लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुचारु
फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको यातायात व्यवस्था विभागको सर्भर आजबाट आंशिक रुपमा  चलेको छ।

विभागले आज एक विज्ञप्ति प्रकाशित गरी आज आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको जानकारी दिएको हो। यससँगै लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको छ।

सूचनामा भनिएको छ, ‘आज मिति २०८२/०७/१६ गते देखि यातायात व्यवस्था विभागको EDLVRS सर्भर सचालनमा आएको हुँदा यस कार्यालयबाट हाललाई नविकरण तथा लाईसेन्स भेरिफिकेशन सेवाहरु सुचारु भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ। अरु सेवाहरु applydinew.dotm.gov.np वेबसाईट सुचारु भएपछि सञ्चालन हुने व्यहोरा सबैमा जानकारी गराईन्छ।’

काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारु भएको विभागको भनाई छ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने अपेक्षा गर्दै विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध पनि गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया