नथिङ फोन (३ए) लाइट ब्राण्डको पहिलो इन्ट्री–लेभल फोनको रूपमा सार्वजनिक

Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

नथिङसँग पहिले नै सीएमएफ ब्राण्ड अन्तर्गत इन्ट्री–लेभल स्मार्टफोनहरू भए पनि कम्पनीले आफ्नै लाइनअप अन्तर्गत आफ्नो पहिलो किफायती स्मार्टफोन लन्च गर्ने निर्णय गरेको छ। नथिङ फोन (३ए) लाइट लण्डन–आधारित टेक ब्राण्डको पहिलो इन्ट्री–लेभल स्मार्टफोन हो।

फोन (३ए) लाइट वास्तवमा सीएमएफ फोन २ प्रोसँग धेरै मिल्दोजुल्दो भएको बताइएको छ र यसमा एक मात्र प्रमुख भिन्नता भनेको समर्पित टेलिफोटो क्यामराको अभाव रहेको उल्लेख गरिएको छ।

फोन (३ए) लाइटले सिग्नेचर नथिङ ट्रान्सप्यारेण्ट (पारदर्शी) ग्लास ब्याक (पछाडिको भाग) प्राप्त गरेको छ र यसमा रहेको एक ग्लिफ लाइटले नोटिफिकेसन (सूचनाहरू) को बारेमा सचेत गराउने जनाइएको छ।

फोन (३ए) लाइटले ८०० निट्स टिपिकल ब्राइटनेस र ३,००० निट्स पिक मूल्याङ्कन गरिएको ६.७७–इन्च एएमओएलईडी (एफएचडी+ १२०हर्ज) डिस्प्ले ल्याएको छ। साथै पाण्डा ग्लासद्वारा सुरक्षित गरिएको प्यानलमा अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर र १६ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिएको छ।

डिभाइसमा मिडियाटेकको डाइमेन्सिटी ७३०० प्रोको साथमा ८ जीबी र्याम र २५६ जीबी सम्मको स्टोरेज क्षमता रहेको छ जुन माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने बताइएको छ।

फोन (३ए) लाइटको पछाडिको भागमा, ओआईएस (२४एमएम) भएको ५० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड (१५एमएम) क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा समावेश गरिएको छ।

फोन (३ए) लाइटले एन्ड्रोइड १५ मा आधारित नथिङ ओएस ३.५ बुट गर्दछ भने नथिङले तीन प्रमुख एन्ड्रोइड अपडेटहरू र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्ने बताएको छ। डिभाइसमा ३३ वाट चार्जिङ समर्थन गर्ने ५,००० एमएएच ब्याट्री रहेको छ।

नथिङ फोन (३ए) लाइट कालो र सेतो रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। यो डिभाइसको ८/१२८जीबी ट्रिमको मूल्य २४९ अमेरिकी डलर/२४९ यूरो/२४९ पाउन्ड स्टर्लिंग रहेको छ भने ८/२५६जीबी संस्करणको लागि २७९ अमेरिकी डलर/२७९ यूरो/२७९ पाउन्ड स्टर्लिंग मूल्य कायम गरिएको छ। नथिङ फोन (३ए) लाइटको खुला बिक्री सुरु भइसकेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया