Technology Khabar १२ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
गत कात्तिक ५ गते विराटनगर- १ पोखरिया शङ्कर टोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग टिभिएस सोरुमअगाडि सवारीले ठक्कर दियो।
प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर सख्त घाइते उनको आँखामा गहिरो चोट छ. शरीरको दाहिने पाटो चल्दैन, कम्मरमुनिको भागमा चोटैचोट छ। घाइते १७ वर्षीय खनालकी काकी प्रेमु सापकोटा खनालका अनुसार कम्मरको शल्यक्रिया बुधबार हुने तयारी गरिएको छ।
गत असोज २७ गते विराटनगरको जलजला मोडमा कारले मोटरसाइकललाई ठक्कर दिएर दुई जना घाइते भएको घटनामा समेत कारधनी वा चालक अहिलेसम्म फेला पार्न सकिएको छैन।
राति ११ बजे प्रदेश १ -०४-००१ प ८५५० नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएर भागेको थियो। दुर्घटनामा मोरङ धनपालथान – ४ का ५२ वर्षीय मोजिम अन्सारी र २५ वर्षीय सिन्धु साह घाइते भएको मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्।
सेतो रङको ओमोदा ब्रान्डको कारले ठक्कर दिएको देखिए पनि नम्बर यकिन हुन कठिन भयो। यी दुवै घटना साँझ परिसकेपछिका हुन्। कोशी राजमार्गको टिभिएस सोरुम अगाडि भएको दुर्घटनामा सवारीको पहिचान नै हुन सकेको छैन। असोज २७ गते भएको दुर्घटनामा पनि सवारीको ब्रान्ड र रङ थाहा भए पनि नम्बर यकिन हुन सकेको छैन।
मोरङ प्रहरी प्रवक्ता कोपिला चुडालका अनुसार प्रविधिले अपराधका घटना अनुसन्धानमा सहयोग गर्दै आएको थियो। सहरका सडकमा हुने दुर्घटनामा पीडित र पीडक छुट्याउन पनि सहज थियो तर पछिल्लो समय सहर प्रविधिविहीन भएको छ। जसका कारण सवारी दुर्घटनादेखि अपराधका घटना अनुसन्धानमा समेत प्रहरीलाई हम्मे हम्मे परिरहेको हो।
विराटनगरमा भएका पछिल्ला दुई दुर्घटनामा संलग्नको पहिचानमा भएको असहज अवस्था वा लेटाङमा भएको जघन्य अपराधमा संलग्नको पहिचानमा भएको समस्या यसैको कारण रहेको प्रहरीको भनाइ छ।
अवस्थामा लेटाङ-२ र बेलबारीको सिमानामा रहेको साझेदारी वनक्षेत्रमा टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको छ । घरबाट पिङ खेल्न निस्केकी बालिकाको अपहरणपछि बलात्कार गरेर हत्या भएको प्रारम्भिक अवस्थामा देखिएको छ।
प्रवक्ता चुँडालका अनुसार उक्त घटनामा अहिलेसम्म एउटा क्लुबाहेक अन्य कहीँ केही फेला पार्न सकिएको छैन। बचेको एउटा सिसिटिभीमा उनी एक्लै देखिएबाहेक अन्य कुनै पनि सुराक नपाउँदा शव फेला परेपछि पनि संलग्नको पहिचान हुन नसकेको हो।
घटना अनुसन्धानमा अहिले जिल्ला, प्रदेश र केन्द्रको टोली केन्द्रीय भएको प्रवक्ता चुँडालले जानकारी दिए। सिसिटिभीमा पुगेको क्षतिले अहिले अपराधबाट हुने क्षति पनि बढ्दै छ । विराटनगरमा भएका पछिल्ला दुई दुर्घटनामा संलग्नको पहिचानमा भएको असहज अवस्था वा लेटाङमा भएको जघन्य अपराधमा संलग्नको पहिचानमा भएको समस्या यसैको कारण रहेको प्रहरीको भनाइ छ।-
आजको गोरखापत्रबाट
प्रकाशित: १२ कार्तिक २०८२, बुधबार