विदेशी बजारहरूका लागि फाइन्ड एक्स९ सिरिज एआई सुविधाहरूमा ओप्पोले गुगल सँग साझेदारी गर्यो

  • Technology Khabar | ११ कार्तिक २०८२, मंगलवार
विदेशी बजारहरूका लागि फाइन्ड एक्स९ सिरिज एआई सुविधाहरूमा ओप्पोले गुगल सँग साझेदारी गर्यो

काठमाडौं ।

ओप्पोले हालै चीनमा आफ्नो फाइन्ड एक्स९ सिरिजको घोषणा गरेको छ र तिनीहरू विश्वव्यापी रुपमा भने लन्च हुन बाँकी नै रहेको छ। त्यसअघि कम्पनीले फाइन्ड एक्स९ र फाइन्ड एक्स९ प्रोमा केही नयाँ एआई सुविधाहरू समावेश गर्नको लागि ओप्पोले गुगलसँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यसमा ओप्पोको माइन्ड स्पेस एप समावेश छ जुन गुगल जेमिनीसँग जडान गर्न सक्षम हुनेछ। प्रयोगकर्ताहरूले तीन–औँला स्वाइप जेस्चर मार्फत अन–स्क्रिन कन्टेन्ट (सामग्री) सेभ गर्न सक्षम हुनेछन् र त्यसपछि जेमिनी एआईले सेभ गरिएको जानकारीमा कार्य गर्न सक्नेछन्।

कलरओएस १६ चलाउने ओप्पो फ्ल्यागशिपहरूले पहिलो–पक्ष ओप्पो एपहरू र नानो बनाना एआई ईमेज इडिटिङ (सम्पादन) को साथ बढाइएको जेमिनी इन्टिग्र्रेसन पनि प्राप्त गर्नेछन्। फाइन्ड एक्स९ प्रयोगकर्ताहरूले एआई सर्च, एआई कल समरी, एआई रेकर्डर र एआई राइटर सुविधाहरू पनि प्राप्त गर्ने भएका छन्।

फाइन्ड एक्स९ प्रयोगकर्ताहरूले फोनको स्क्रिनमा प्रत्यक्ष भिजुअल गाइडेन्स (दृश्य मार्गदर्शन)को साथ रियल–टाइम जेमिनी लाइभ एसिस्ट पनि प्राप्त गर्नेछन्। सबै नयाँ एआई सुविधाहरू गुगल क्लाउड सुरक्षाको साथ ओप्पोको एआई प्राइभेट कम्प्युटिङ क्लाउडमा निर्मित हुनेछन्। ओप्पोले फाइन्ड एक्स९ खरीदकर्ताहरूका लागि ३–महिनाको निःशुल्क गुगल एआई प्रो सदस्यताको लागि योग्य हुनेछन् भनेर पुष्टि पनि गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...