भाइबरमा रहेको यो लुकेको विकल्पले तपाईंलाई कसैले ब्लक गरेको छ कि छैन भनेर खुलासा गर्दछ

Technology Khabar ११ कार्तिक २०८२, मंगलवार

काठमाडौं ।

भाइबरमा तपाईंलाई कसैले ब्लक गरेको शंका लागेमा जाँच गर्ने एउटा सजिलो तरिका रहेको खुलासा गरिएको छ।

भाइबरमा एउटा लुकेको विकल्पले तपाईंलाई कसैले ब्लक गरेको छ कि छैन भनेर बताउन सक्छ। तर एपले यो पुष्टि गर्ने सन्देश भने कहिल्यै देखाउँदैन। भाइबरमा तपाईंलाई कसैले ब्लक गर्दा परिवर्तन हुने केही साना विवरणहरू बाट ब्लक गरेको छ कि छैन भनेर थाहा पाउन सकिने छ।

भाइबरमा तपाईंलाई ब्लक गरिएको छ भने ब्लक गर्ने उक्त व्यक्तिको प्रोफाइल तस्वीर गायब हुनु पहिलो संकेत हो। ब्लक गर्न पहिले तस्वीर देख्न सकिन्थ्यो भने अब यसको ठाउँमा खैरो सिलुएट अर्थात् कालो चित्रजस्तो देखा पर्दछ र यो उक्त सम्पर्कले तपाईंलाई ब्लक गरेको लगभग निश्चित संकेत हो। त्यसैगरी सन्देशहरूको स्थिति दोस्रो संकेत हो।

भाइबरमा ब्लक भएपछि, तपाईंका सन्देशहरू पठाइएको (सेन्ट भनेर) देखिनेछ तर तिनीहरूले कहिल्यै “सेन्ट” स्ट्याटस प्राप्त गर्ने छैनन्। दुई पर्पल चेक मार्कहरूको सट्टा तपाईंले जतिसुकै लामो समय पर्खे पनि एउटा मात्र ग्रे (खैरो) मार्क बाँकी रहने छ।

धेरै मानिसहरूलाई फाइनल कन्फर्मेसन (अन्तिम पुष्टिकरण) भाइबरमा कन्ट्याक्ट (सम्पर्क) को प्रोफाइल भित्र हिडन विकल्पमा लुकाइएको थाहा नहुने बताइएको छ। यदि तपाईंले व्यक्तिको प्रोफाइलमा गएर “कल भिया भाइबर” विकल्प असक्षम पारिएको देख्नुभयो भने, यसको मतलब तपाईंले कल गर्न सक्नुहुन्न र तपाईंलाई ब्लक गरिएको छ भनेर बुझ्न सकिने छ। उक्त सम्पर्कले तपाईंलाई अनब्लक गरेपछि कल बटन फेरि सक्रिय हुनेछ।

तपाईंलाई ब्लक गरेको शंका लागेको व्यक्तिसँगको कन्भर्सेसन (कुराकानी) खोलेर छोटो सन्देश पठाउन र उनीहरूको प्रोफाइल एक्सेस (पहुँच) गर्ने प्रयास गर्न सकिने छ। यदि तपाईंले अब प्रोफाइल पिक्चर (तस्वीर), “लास्ट सिन स्ट्याटस” (अन्तिम पटक हेरिएको स्थिति) देख्नुभएन र सन्देशले दुईवटा चेक मार्कहरू प्राप्त गरेन भने, तपाईंलाई भाइबरमा ब्लक गरिएको छ भन्ने लगभग निश्चित छ भनेर बुझ्न सकिने छ।

यद्यपि ब्लक केवल एप भित्र मात्र लागू हुनेछ। यसको मतलब उक्त व्यक्तिले अझै पनि तपाईंलाई एसएमएस पठाउन, परम्परागत तरिकाले कल गर्न वा अन्य प्लेटफर्महरू मार्फत तपाईंसँग कुराकानी गर्न सक्ने छ। तपाईंले भाइबर भित्र मात्र सन्देशहरू, फोटोहरू र कलहरू आदानप्रदान गर्न सक्षम हुनुहुने छैन।

यद्यपि भाइबरले ब्लकिङको बारेमा नोटिफिकेसन नदेखाए पनि, हिडन विकल्प र सन्देशहरूको व्यवहार जाँच गरेर ब्लक गरेको छ कि छैन भनेर पर्याप्त रुपमा थाहा पाउन सकिने छ। यदि तपाईंले प्रोफाइल पिक्चर (तस्वीर), स्ट्याटस (स्थिति) र कल गर्ने विकल्प देख्न सक्नुहुन्न भने, यसको मतलब तपाईंलाई भाइबरमा ब्लक गरिएको छ भनेर बुझ्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया