Technology Khabar १० कार्तिक २०८२, सोमबार
काठमाडौं ।
ह्वाट्सएपमा च्याटजीपीटी प्रयोग गर्नेहरुले अब अन्य योजनाहरू बनाउने समय आएको छ। ओपनएआईले यसको व्यापक रूपमा प्रयोग हुने च्याटबटले जनवरी १५, २०२६ देखि कम्पनीको लोकप्रिय मेसेजिङ एप मेटामा काम गर्न बन्द गर्ने घोषणा गरेको छ।
यो परिवर्तन ह्वाट्सएपको नीति र प्रयोगका सर्तहरूमा परिमार्जनको परिणाम भएको कम्पनीले बताएको छ।
“हामी ह्वाट्सएपमा सेवा जारी राख्न चाहन्छौं र हामी हाम्रा सबै प्रयोगकर्ताहरूको लागि ट्रान्जिसनलाई सकेसम्म सहज बनाउनमा केन्द्रित छौं,” ओपनएआईले उल्लेख गरेको छ।
ह्वाट्सएपले च्याटहरू निर्यात समर्थन नगर्ने र यो समय सीमा पछि प्रयोगकर्ताहरूको च्याटहरू स्थानान्तरण गर्ने कुनै स्वचालित तरिका नहुने उल्लेख गरिएको छ। यद्यपि, प्रयोगकर्ताहरूको च्याट हिस्ट्रि तुरुन्तै स्थानान्तरण गर्ने एउटा सरल समाधान भने उपलब्ध हुने बताइएको छ।
“ह्वाट्सएपमा १–८००–च्याटजीपीटी कन्ट्याक्ट प्रोफाइलमा, प्रयोगकर्ताले आफ्नो च्याटजीपीटी एकाउण्ट (खाता) लिङ्क गर्ने विकल्प देख्न सक्नेछन्। यो चयन गरेर तपाईंका सबै ह्वाट्सएप अनुरोधहरू तपाईंको च्याटजीपीटी हिस्ट्रिमा लिङ्क हुनेछन्,” कम्पनीको घोषणामा लेखिएको छ।
मेटा अब एक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो र व्हाट्सएप भित्र अर्को कम्पनीको च्याटबट प्रयोग गर्ने ५ करोड मानिसहरूले उनीहरूको वृद्धिमा उल्लेखनीय योगदान नपुर्याउने भएकाले यो निर्णयको एउटा कारण हुन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १० कार्तिक २०८२, सोमबार