Technology Khabar ४ कार्तिक २०८२, मंगलवार
काठमाडौं ।
च्याटजीपीटीबाट राम्रो उत्तर चाहेको खण्डमा एआईसँग ‘रुखो’ भएर बोल्दा राम्रो प्रतिक्रिया पाइने खुलासा गरिएको छ।
पेन स्टेटको एउटा नयाँ अध्ययनले “कृपया” र “धन्यवाद” जस्ता शब्दहरू प्रायोग नगरी रुखो भएर बोल्दा च्याटजीपीटीले वास्तवमा राम्रो प्रदर्शन गर्ने पत्ता लगाएको छ।
२५० परीक्षण प्रश्नहरूमा, “सबैभन्दा रुखो” प्रश्नहरूले ८४.८ प्रतिशत शुद्धता प्राप्त गरेका छन् भने “धेरै विनम्र” प्रश्नहरूले ८०.८ प्रतिशतको साथ पछाडि परेको रिपोर्ट गरिएको छ।
“के तपाईं कृपया मलाई भन्न सक्नुहुन्छ…” भन्ने जस्ता विनम्र वाक्यांशहरूले अतिरिक्त शब्दहरू र भ्रम थप्नेछन् भने “मलाई उत्तर देखाउनुहोस्” भन्ने जस्ता प्रत्यक्ष आदेशहरूले तपाईंको उद्देश्य स्पष्ट पार्ने अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।
यो एउटा रमाइलो मोड भएको र मानिसहरूको भावनाहरूलाई चोट पुर्याउने उही स्वरले मेसिनहरूमा भने स्पष्टताको लागि मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।
त्यसैगरी एआईसँग रुखो भएर बोल्नु राम्रो विचार हो कि होइन भन्ने प्रश्न खडा भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ कार्तिक २०८२, मंगलवार