काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना

  • Technology Khabar | ३ कार्तिक २०८२, सोमबार
काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना
फाइल तस्विर

काठमाडौं ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको छ।

विश्वविद्यालयले उक्त केन्द्रसँगै मोवाइल एप ‘केयु–कनेक्ट’समेत सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रमा जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्न, राष्ट्रिय एआई नीति कार्यान्वयन, स्थानीय डाटा प्रयोग गरेर अनुसन्धान र नैतिक रुपरेखा विकास गर्न तथा भूकम्प, महामारी, बाढीजस्ता आपतकालीन अवस्थामा सहयोग–प्रणाली विकास गर्ने विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिए।

उनका अनुसार विश्वविद्यालयले स्थापना गरेको मोबाइल एप ‘केयु कनेक्ट’ले विद्यार्थीलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्ने छ।

यस्तै विश्वविद्यालयको मोबाइल एपमा विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्कालै पहुँच पुग्नुका साथै विश्वविद्यालयका समाचार, परीक्षा परिणाम तथा कार्यक्रम, पठनपाठनसम्बन्धी विवरण, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोधलगायतका सेवा उपलब्ध गराइएको छ।

उनले भने, “उक्त एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा, आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकालगायतका विषयमा सहजता ल्याउने छ।”

प्रकाशित: ३ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ३ कार्तिक २०८२, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ३ कार्तिक २०८२, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ३ कार्तिक २०८२, सोमबार