Technology Khabar ३ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम र सङ्ख्या गत चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा घटेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम तथा सङ्ख्या दुवैमा अघिल्लो महिना साउनको तुलनामा गिरावट आएको पाइएको हो।
विवरण अनुसार भदौमा ई-कमर्समार्फत १ अर्ब ५७ करोड ८० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् साउनमा जेठमा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो।
यसरी हेर्दा साउनदेखि भदौ मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार ८५ करोड रुपैयाँले घटेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा साउनमा ईकमर्स मार्फत १ लाख ८५ हजार ३०१ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् साउनमा भने २ लाख १४ हजार ८१२ पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा साउन मसान्तदेखि भदौ मसान्तसम्म ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा २९ हजार ५११ ले गिरावट आएको विवरणबाट प्रस्ट हुन्छ।
प्रकाशित: ३ कार्तिक २०८२, सोमबार