Technology Khabar ३ कार्तिक २०८२, सोमबार
काठमाडौं ।
वानप्लसले अक्टोबर २७ मा चीनमा एक कार्यक्रममा एस ६ अनावरण गर्ने भएको छ। पहिले नै आफ्नो आगामी फ्ल्यागशिप फोनको बारेमा केही विवरणहरूको खुलासा गरिसकेको कम्पनीले अहिलेसम्म एस ६ को बारेमा भने मौन रहँदै आएको छ।
यसै क्रममा चीनको सबैभन्दा ठूलो अनलाइन स्टोर जेडी डट कमको लिस्टिङ (सूचीकरण) ले एस ६ को मुख्य स्पेसिफिकेशनहरूको बारेमा पुष्टि गरको छ।
डिभाइसमा १६५ हर्ज रिफ्रेस रेट भएको ओएलईडी डिस्प्ले हुनेछ र रिजोल्युसनको बारेमा उल्लेख नगरिए पनि यो निश्चित रूपमा “१.५के” भन्दा माथि नहुने बताइएको छ। साथै वानप्लस १५ को रिजोल्युसन पनि यही नै भएको उल्लेख गरिएको छ।
एस ६ गत वर्षको स्न्यापड्रागन ८ एलिट चिपसेटद्वारा संचालित हुनेछ र १२० वाट वायर्ड चार्जिङको लागि समर्थनको साथ ७,८०० एमएएच ब्याट्री फिचर गरिनेछ।
साथै वानप्लसले एस ६ लाई अन्तर्राष्ट्रिय स्तरमा वानप्लस १५आरको रूपमा लन्च गर्ने निर्णय गर्छ कि गर्दैन भनेर हेर्न रोचक हुने टेलिग्राफे रिपोर्ट गरेको छ।
प्रकाशित: ३ कार्तिक २०८२, सोमबार