नयाँ संस्करणसँगै च्याटजीपीटी अझ बढी ‘मानव जस्तै’ हुने

  • Technology Khabar | २ कार्तिक २०८२, आईतवार
नयाँ संस्करणसँगै च्याटजीपीटी अझ बढी ‘मानव जस्तै’ हुने

काठमाडौं ।

आगामी हप्ताहरूमा आउने नयाँ अपडेटहरूको साथ च्याटजीपीटी अझ बढी ‘मानव जस्तै’ हुँदै जाने ओपनएआईका सीईओ साम अल्टम्यानले बताएका छन्।

“मानसिक स्वास्थ्य समस्याहरूसँग सावधानी अपनाउन हामीले च्याटजीपीटीलाई धेरै प्रतिबन्धात्मक बनायौं। हामी बुझ्छौं कि यसले मानसिक स्वास्थ्य समस्या नभएका धेरै प्रयोगकर्ताहरूका लागि यो कम उपयोगी÷रमाइलो बन्यो, तर समस्याको गम्भीरतालाई ध्यानमा राख्दै, हामी यसलाई सही बनाउन चाहन्थ्यौं” अल्टम्यानले एक्सको एक पोस्टमा उल्लेख गरेका छन्।

“अब हामी गम्भीर मानसिक स्वास्थ्य समस्याहरू कम गर्न र नयाँ उपकरणहरू प्राप्त गर्न सक्षम भएका छौं, हामी धेरैजसो अवस्थामा सुरक्षित रूपमा प्रतिबन्धहरू कम गर्न सक्षम हुनेछौं” भनि अल्टम्यानले थप उल्लेख गरेको बताइएको छ।

त्यसैगरी अल्टम्यानले“केही हप्ता भित्र, हामी च्याटजीपीटीको नयाँ संस्करण जारी गर्ने योजनामा छौं” भनि बताएको छन्।

“यसले मानिसहरूलाई मानिसहरूले मन पराएको जस्तो व्यवहार गर्ने व्यक्तित्व प्राप्त गर्न अनुमति दिन्छ” भनि अल्टम्यानले बताएका टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २ कार्तिक २०८२, आईतवार