इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम एक महिनामै ३ अर्ब हाराहारीले घट्यो

  • Technology Khabar | २९ आश्विन २०८२, बुधबार
इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम एक महिनामै ३ अर्ब हाराहारीले घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन मसान्तबाट भदौ मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य गिरावट आएको छ। यो प्रवृत्ति साउन महिनामा पनि उस्तै थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ भदौ समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवै ओरालो लागेको पाइएको हो।

साउनमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ लाख ५८ हजार ३२६ रहेको थियो। साउन मसान्तबाट भदौ मसान्तसम्को एक महिनाको अवधिमा ३१ हजार १७० घटेर समग्रमा ५ लाख २७ हजार १५६ मा झरेको छ।

कारोबार रकम गत साउनमा २२ अर्ब ७७ करोड ४० लाख रहेको थियो। साउन मसान्तबाट भदौ मसान्तसम्मको एक महिनाको अवधिमा २ अर्ब ९५ करोड ७० लाख रुपैयाँले घटेर समग्रमा १९ अर्ब ८१ करोड ७० लाख मा झरेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार