Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
चीनमा वानप्लस १५ को लन्च नजिकिदै छ र नोभेम्बरको मध्यमा विश्वव्यापी अनावरण हुने हल्ला चलिरहेको छ। यसै क्रममा, अब ब्राण्डले फोनको डिस्प्लेको टिजर सार्वजनिक गरेको छ।
यो डिस्प्ले बीओईले बनाएको र स्क्रिन आफैँ अक्टोबर १४ मा बीओईद्वारा पूर्ण रूपमा प्रस्तुत गरिने बताइएको छ। केही समय अघि वानप्लस कार्यकारीले संकेत गरे अनुसार यो डिस्प्ले १६५हर्ज रिफ्रेस रेटको साथ आउने बताइएको छ भने वानप्लसले १३ प्रतिशत उच्च ब्राइटनेस (चमक) र ११.८ प्रतिशत सुधारिएको कलर एक्युरेसी (रङ्ग शुद्धता) र कन्सिस्टेन्सी (स्थिरता) को पनि विज्ञापन गरिरहेको छ।
नयाँ डिस्प्लेमा चारै तिर १.१५एमएम बेजेलहरू रहेका छन् भने अघिल्लो पुस्ताको तुलनामा १० प्रतिशत कम पावर खपत र ३० प्रतिशत लामो जीवनको साथ आउनु पर्ने अनुमान गरिएको छ।
स्क्रिनलाई ओप्पो पी३ चिपद्वारा इनहान्स्ड गरिएको छ जसले फास्टर रेसपोन्स टाइम (छिटो प्रतिक्रिया समय) लाई समर्थन गर्ने र उच्च रिफ्रेस रेट प्रयोगको समयमा ब्राइटनेस स्ट्याबिलिटी (चमक स्थिरता) कायम राख्न मद्दत गने उल्लेख गरिएको छ। प्यानलमा ट्रु हार्डवेयर–लेभल १ निट मिनिमम् ब्राइटनेस (न्यूनतम चमक) पनि रहेको छ जुन टीयूभी राइनल्याण्डद्वारा प्रमाणित गरिएको जनाइएको छ।
आफ्नो पूर्ववर्ती क्यूएचडी+ बाट “१.५के” मा डाउनग्रेड गरिएको हुनाले वानप्लसको प्रोमो सामग्रीहरूमा स्क्रिनको रिजोल्युसनको बारेमा भने उल्लेख गरिएको छैन। वानप्लस १५ मा स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ आश्विन २०८२, बुधबार