७३ लाख हाराहारीको भेपसहित चिनियाँ नागरिक पक्राउ

  • Technology Khabar | २७ आश्विन २०८२, सोमबार
७३ लाख हाराहारीको भेपसहित चिनियाँ नागरिक पक्राउ
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

प्रहरीले ठूलो परिमाणमा इलेक्ट्रोनिक सिगरेट (भेप) तस्करीको आरोपमा नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रेस विज्ञप्ति जारी गर्दै आरोपित हानसोङ फ्लाइ दुबईको उडान नम्बरए फजेड०५८७ मार्फत नेपाल आएका थिए। विमानस्थलमा झोला जाँच गर्ने क्रममा करिब ७२ लाख ८५ हजार रुपैयाँ बराबरको इ–सिगरेट बरामद भएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा उनले ती सामानहरू अवैध रूपमा नेपाल भित्र्याउने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्रीहरू भन्सार ऐन २०६४ अनुसार जब्ती गरिएको र उक्त कार्यलाई संगठित अपराध अन्तर्गत राखी थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले पक्राऊ परेका हानसोङलाई आवश्यक कानूनी कारबाहीका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि भइरहेको जनाएको छ।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...