युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर

Technology Khabar २५ आश्विन २०८२, शनिबार

युट्यूवको शीर्ष ट्रेण्डिङमा ‘जेरी अन टप’ ट्रेलर
Global IME Bank

काठमाडौं ।

सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ। शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ।

हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर युट्यूवमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ । नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशहरूमा यो ट्रेलरले अग्र स्थान ओगट्दा उच्च प्रशंसा पाएको छ ।

डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्यूवमा मात्रै हालसम्म झण्डै साढे ३ लाख पटक हेरिएको ट्रेलरमा २१ हजारबढि लाइक प्राप्त छ भने प्राप्त भएका ३ हजार प्रतिक्रिया सत् प्रतिशत् सकारात्मक छन्। डेढ वर्षपछि पर्दामा ब्याक हुन लागेका स्टार अभिनेता अनमोल केसी अभिनित चलचित्रले सामाजिक सञ्जालमा वर्ष २०८२ कै सर्वाधिक प्रतिक्षित चलचित्रको उपमा पाइको छ।

चलचित्रको ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन्। सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर शाहिल खानले तयार गरेका हुन्।

सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस् को ब्यानरमा तयार ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन्। असोज ३१ गतेबाट फिल्म दर्शकमाझ आउँदैछ भने राजधानीमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले यो चलचित्रको प्रदर्शन अधिकार लिएका छन्। अन्तर्राष्ट्रिय बजारमा चलचित्रको उच्च माग आइरहेको निर्माता न्यौपानेले बताए।

प्रकाशित: २५ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया