ह्वावे मेटप्याड १२ एक्स २०२५ जर्मनीमा १२ इन्चको २.८के डिस्प्ले र १०,१००एमएएच ब्याट्रीको साथ अनावरण

Technology Khabar २५ आश्विन २०८२, शनिबार

ह्वावे मेटप्याड १२ एक्स २०२५ जर्मनीमा १२ इन्चको २.८के डिस्प्ले र १०,१००एमएएच ब्याट्रीको साथ अनावरण
Global IME Bank

काठमाडौं ।

ह्वावेले जर्मनीमा मेटप्याड १२ एक्स २०२५ लन्च गरेको छ। सेप्टेम्बरमा विश्वव्यापी रूपमा प्रस्तुत गरिएको यो ट्याब्लेट ग्रीनरी र सेतो रङ्गमा उपलब्ध हुनेछ भने जर्मनीमा यसको मूल्य ६४९ यूरो (७२२ अमेरिकी डलर) कायम छ।

नोभेम्बर ४ भन्दा पहिले ह्वावेको वेबसाइट वा बर्लिन फ्ल्यागशिप स्टोरबाट यस ट्याब्लेट लाई किन्ने ग्राहकहरूले निःशुल्क नियरलिङ्क माउस, ह्वावे एम–पेन्सिल प्रो, तीन वर्षको निर्माताको वारेन्टी र १२ महिनाको स्क्रिन वारेन्टी एक्स्टेन्सन पाउनेछन्।

मेटप्याड १२ एक्स २०२५ यस वर्षको सुरुमा चीनमा लन्च गरिएको मेटप्याड एयरको विश्वव्यापी संस्करण हो। यस ट्याब्लेटमा अल–मेटल डिजाइन रहेको छ भने यसको मोटाई ५.९ एमएम र तौल ५५५ ग्राम रहेको छ।

ट्याब्लेटमा २.८के रिजोल्युसन भएको १२ इन्चको एलसीडी स्क्रिन, भीआरआर समर्थन सहितको १४४ हर्ज सम्मको रिफ्रेस रेट, १००० निट्सको पीक ब्राइटनेस र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण रहेको छ। साथै ग्लेयर–फ्री भिविङ्ग अनुभवको लागि पेपरम्याट संस्करण पनि उपलब्ध रहेको रिपोर्ट गरिएको छ।

यो ट्याब्लेट हार्मनीओएस ४.३ मा चल्ने बताइएको छ भने १२जीबी र्याम र २५६जीबी स्टोरेजको साथ आउने उल्लेख गरिएको छ। डिभाइसमा वाई–फाई ७, बीएलई सहितको ब्लुटुथ ५.२ र यूएसबी३.१ पोर्ट समावेश गरिएको छ। साथै यस ट्याब्लेटमा सुधारिएको साउण्ड (ध्वनि) को लागि ६–स्पीकर सेटअप पनि समावेश गरिएको छ।

ह्वावेले यो ट्याब्लेटमा पीसीबीए–स्तरको थ्रीडी वितरण र थ्रीडी भेपर कूलिङ चेम्बर प्रयोग गरेर उन्नत कूलिङ प्रणाली थप गरेको छ जुन कम्पनीले २७ प्रतिशतले पर्फर्मेन्स सुधार गर्ने बताएको छ। ट्याब्लेटमा १०,१०० एमएएच ब्याट्रीबाट समावेश गरिएको छ जसले ६६वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया