जिकरले प्रस्तुत गर्यो “विश्वको सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कार”

Technology Khabar २५ आश्विन २०८२, शनिबार

जिकरले प्रस्तुत गर्यो “विश्वको सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कार”
Global IME Bank

काठमाडौं ।

चिनियाँ निर्माता जिकरले आफ्नो विद्युतीय कार ००१ को सुधारिएको संस्करण प्रस्तुत गरेको छ जुन संसारको सबैभन्दा छिटो चार्ज हुने विद्युतीय कार भएको दावी गरिएको छ।

९५ केडब्ल्यूएच “गोल्डेन ब्रिक” ब्याट्री र ९००–भोल्ट आर्किटेक्चर समावेश गरिएको यो मोडेल केवल ७ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज हुने बताइएको छ। साथै डुअल–मोटर कारले ९१२ हर्सपावर प्रदान गर्दछ भने केवल २.८३ सेकेन्डमा ०–१०० किमी÷घण्टा पुग्न सक्ने जनाइएको छ।

त्यसैगरी कम्पनीको १०३ केडब्ल्यूएच ब्याट्री संस्करणले अब रेञ्ज ४३७ माइलमा बढाएको उल्लेख गरिएको छ भने यसको चार्जिङ गति थोरै ढिलो भएको रिपोर्ट गरिएको छ।

जिकर ००१ एक प्यानोरामिक एलईडी रुफ (छत), ३९.३–इन्च एचयूडी डिस्प्ले र एक उन्नत इन्फोटेनमेन्ट प्रणालीको साथ आउने बताइएको छ। साथै ग्राहकहरूलाई डेलिभरी केही दिन भित्र सुरु हुने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ आश्विन २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार