डासियाको नयाँ सानो र किफायती इलेक्ट्रिक कार “हिप्स्टर कन्सेप्ट” अनावरण

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

कार निर्माता डासियाले हिप्स्टर कन्सेप्ट भनिने नयाँ इलेक्ट्रिक कारको प्रोटोटाइप अनावरण गरेको छ।

चीनका कम लागतका मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले यो कारको सुरुवाती मूल्य १५,००० युरोभन्दा कम हुने अनुमान गरिएको छ।

पेरिस नजिकैको मेउडोनमा अनावरण गरिएको नयाँ कारको लम्बाइ केवल ३ मिटर र तौल ८०० किलोग्रामभन्दा कम रहेको छ।

यी आयामहरूका साथ यो इलेक्ट्रिक कार, युरोपेली बजारको लागि सबैभन्दा कम्प्याक्ट सवारी साधनहरू मध्ये एक बन्ने उल्लेख गरिएको छ।

नयाँ इलेक्ट्रिक कारको प्रोटोटाइपको अधिकतम गति लगभग ९० किलोमिटर प्रति घण्टा रहेको छ र यसको अनुमानित रेञ्ज १५० किलोमिटर पुग्ने जनाइएको छ।

कारले किफायती र व्यावहारिक दैनिक गतिशीलता प्रदान गर्दछ भनि कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।

डासियाद्वारा प्रदान गरिएको तथ्याङ्क अनुसार, औसत कारले ५६ किलोमिटर प्रति घण्टाको औसत गतिमा प्रति दिन ४० किलोमिटर भन्दा कम यात्रा गर्ने उल्लेख गरिएको छ। साथै मोडेलको रेञ्ज दैनिक शहरी वा उपनगरीय प्रयोगको लागि पर्याप्त हुने रिपोर्ट गरिएको छ।

डासिया हिपस्टर कन्सेप्ट रेनो र स्टेलान्टिसद्वारा समर्थित व्यापक पहलको एक हिस्सा हो जसले जापानी “केई कार” कन्सेप्ट ”अवधारणा) बाट प्रेरित भएर साना कारहरूको नयाँ युरोपेली श्रेणी सिर्जना गर्ने लक्ष्य राखेको छ।

यस श्रेणीमा परम्परागत मोडेलहरूको तुलनामा आधारभूत उपकरण र कम सुरक्षा आवश्यकताहरू भएका शहरी सवारी साधनहरू समावेश हुनेछन्, जसले गर्दा तौल र उत्पादन लागत कम हुनेछ।

डासिया हिपस्टर कन्सेप्टको उत्पादन समयरेखाको बारेमा भने अझै पुष्टि नगरिएको भए तापनि डासियाले युरोपेली संघले साना कारहरूको लागि नयाँ विधायी ढाँचा अपनाएमा यसलाई उत्पादन मोडेलमा परिणत गर्न तयार रहेको बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया