Technology Khabar १९ आश्विन २०८२, आईतवार
काठमाडौं ।
च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले चाँडै नै कन्टेन्ट क्रियटरहरूलाई आफ्नो पात्रहरू सोरा नामक एआई भिडियो बनाउन प्रयोग हुने उपकरणमा कसरी प्रयोग गरिने भन्ने विषयमा नियन्त्रण दिने भएको छ। साथै यस्तो प्रयोग अनुमति दिनेहरूसँग आम्दानी बाँड्ने योजना समत बनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकारी साम अल्टम्यानले शुक्रबार आफ्नो ब्लगमा लेख्दै अधिकारधारकहरूलाई पात्र निर्माणमा “अझ सूक्ष्म नियन्त्रण” दिइने बताएका हुन्।
अल्टम्यानका अनुसार टेलिभिजन र फिल्म स्टुडियो जस्ता प्रतिलिपि अधिकार (कपिराइट) मालिकहरूले आफ्ना पात्रहरूको प्रयोग रोक्न सक्ने विकल्प पाउनेछन्।
एआईले बनाएको सामग्री र त्यसले बौद्धिक सम्पत्तिमा पार्ने प्रभावबारे निगरानी बढ्दै गएको छ, किनभने कम्पनीहरूले नवप्रवर्तन र स्रष्टाहरूको उचित पारिश्रमिकबीच सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा समाधान खोजिरहेका रोयटर्सले उल्लेख गरेको छ।
ओपनएआईले यो हप्ता सोरालाई स्वतन्त्र एपका रूपमा अमेरिकामा र क्यानडामा सुरु गरेको छ। यस एपमा प्रयोगकर्ताले १० सेकेन्डसम्मका भिडियो बनाउन सक्छन्। छिट्टै लोकप्रिय बनेको यो एपले प्रयोगकर्तालाई प्रतिलिपि अधिकारयुक्त सामग्रीबाट भिडियो बनाउन र सामाजिक सञ्जालजस्तै स्ट्रिमहरूमा बाँड्न अनुमति दिन्छ।
यसको प्रतिलिपि अधिकार नीति हल्युवुडमा विवाद उत्पन्न गर्ने अपेक्षा गरिएको छ। रोयटर्सका स्रोतका अनुसार कम्तीमा एउटा प्रमुख स्टुडियो डिज्नीले आफ्नो सामग्री एपमा प्रयोग हुन नदिने निर्णय गरेको छ।
अल्टम्यानका अनुसार ओपनएआई ले प्रयोगकर्ताले अनुमति दिएका पात्रहरूबाट भिडियो बनाउन दिने प्रतिलिपि अधिकार मालिकहरूसँग आम्दानी बाँड्ने मोडेल पनि ल्याउने योजना बनाएको छ। उनले भनेका छन्, प्रयोगकर्ताहरूले अपेक्षाभन्दा धेरै भिडियो सामग्री बनाइरहेका छन्, प्रायः विशेष (निश) दर्शकका लागि, जसका कारण आम्दानीको रणनीति आवश्यक भएको हो।
अल्टम्यानले आम्दानी बाँड्ने ढाँचा बनाउन “केही परीक्षण र गल्तीहरू गर्नुपर्ने” स्वीकृति दिँदै पनि यसको कार्यान्वयन चाँडै सुरु हुने बताएका छन्। ओपनएआईले सोराभित्र विभिन्न विधिहरू परीक्षण गरेर पछि आफ्ना अन्य उत्पादनहरूमा एउटै मोडेल लागू गर्ने योजना बनाएको छ।
माइक्रोसफ्टको सहयोगमा चल्ने ओपनएआईले गत वर्ष सार्वजनिक प्रयोगका लागि सोरा मोडेल ल्याएको थियो, जसले मल्टिमोडल एआई प्रविधिमा प्रवेश बढाएको र मेटा र गुगलका टेक्स्ट-देखि-भिडियो उपकरणहरूसँग प्रतिस्पर्धा थालेको हो। हालै मेटाले प्रयोगकर्ताले छोटा एआई भिडियो बनाउन र बाँड्न सक्ने भाइब्स नामक प्लेटफर्म सार्वजनिक गरेको छ।
प्रकाशित: १९ आश्विन २०८२, आईतवार