नेपाल टेलिकमको काउन्टर दशैं र तिहारको बिदाका दिनहरुमा पनि खुला हुने

Technology Khabar १२ आश्विन २०८२, आईतवार

काठमाडौं ।

सोमबारदेखि शुरु हुने दशैं बिदा तथा कात्तिकमा हुने तिहार बिदाको अवधिमा समेत नेपाल टेलिकमका काउन्टरहरु खुला रहने भएका छन्।

नेपाल टेलिकमकाअनुसार सुन्धारास्थित काउन्टर असोज १३, १४, १५, १७ र १८ गते खुला रहने छ। अर्थात सो काउन्टर टिकाको दिन मात्र बन्द हुनेछ।

टेलिकमकाअनुसार गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली र मन्थलीस्थित काउन्टरहरु असोज १३, १५ र १७ गते खुला रहने छन्।

यसैगरी, चरिकोटस्थित काउन्टर असोज १३ र १४ गते दिन खुला रहने छ।

नेपाल टेलिकमले उल्लेख गरेअनुसार, तिहारको बिदाको अवसरमा कात्तिक ४, ५ र ७ गते गोंगबु, पाटन, थिमि, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली, मन्थली तथा चरिकोटस्थित काउन्टरहरु खुला रहनेछन्।

मर्मत सम्भार र जडान सम्बन्धि काम पनि दशैं र तिहार बिदाको समयमा समेत नियमित हुने टेलिकमले सूचनामार्फत जानकारी दिएको छ।

यी सबै काउन्टरहरु उक्त दिनमा बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म खुला हुनेछन्।

दशैंको समयमा खुल्ने काउन्टरहरुबाट टेलिफोन, मोबाइल तथा इन्टरनेटको महशुल भुक्तानी, सिम वितरण तथा परिवर्तनका कामहरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया