
काठमाडौं ।
हालै आर्थर स्पोर्टस् कार र डब्ल्यू१ हाइपरकार सार्वजनिक भए तापनि म्याक्लारेनको भविष्य अझै अनिश्चित छ।
यो कम्पनीलाई हालसालै साउदी अरबको सार्वभौम कोष अन्तर्गतको सहायक कम्पनी सीवाईभीएन होल्डिङ्सले अधिग्रहण गरी बेलायती विद्युतीय सवारी स्टार्टअप फोर्सेभेनसँग विलय गरेको छ।
नयाँ स्वामित्वले चर्चित सुपरकार निर्माता र रेसिङ टिमका लागि के अर्थ राख्छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। तर बेलायतको कार म्यागजिनसँगको अन्तर्वार्तामा नयाँ प्रमुख कार्यकारी निक कोलिन्सले आगामी योजनाबारे केही प्रारम्भिक जानकारी दिएका छन्।
टेलिग्राफका अनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा, कोलिन्सले म्याक्लारेनले आफ्नो हालको सुपरकार समूहभन्दा बाहिर मोडल विस्तार गर्ने योजनालाई पुष्टि गरेका छन्, जुन कुरा कम्पनीले यसअघि अप्रिलमा पनि बताएका थियो।
यद्यपि उनले फेरारी पुओरोसाङ्गु शैलीको एसयूभीबारे पुष्टि गरेनन्, उनले कम्पनीले ‘दुईभन्दा बढी सिट भएको’ मोडल ल्याउने तयारी गरिरहेको खुलासा गरेका छन्।
कोलिन्सले म्याक्लारेनले सन् २०३० सम्मको उत्पादन योजना तयार गरिसकेको र प्रत्येक भविष्यका मोडलका लागि प्रारम्भिक डिजाइन पनि सकिसकेको बताएका छन्। उनले विशेषगरी उत्पादन पक्षमा चिनियाँ कार निर्माता नियोसँगको सम्बन्धमा कम्पनीले निकै भर पर्नुपर्ने कुरा जोड दिएका छन्।
प्रकाशित: ११ आश्विन २०८२, शनिबार