प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा सिर्जना गरिएका आइडीहरु नक्कली

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा सिर्जना गरिएका आइडीहरु नक्कली

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिलेको ट्विटर)मा सिर्जना गरिएका आइडीहरु नक्कली भएको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्ता फेक आइडीमार्फत प्रसारित समाचार वा पोस्टहरूको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

कार्यालयले यसलाई गैरकानूनी गतिविधि ठहर गर्दै प्रचलित कानुनअनुसार त्यस्ता कार्यमा संलग्न व्यक्ति माथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...