आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणीहरु डिजिटल प्रणालीमार्फत, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरु

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणीहरु डिजिटल प्रणालीमार्फत, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरु

काठमाडौं ।

अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य आज देखि सुरू गरिएको छ।

मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) को शुरुवात गरेको हो। उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले जीआईओएमएस प्रणालीको शुभारम्भ गरेको मन्त्रालयले जानकारी दिएको छ।

यसअघि अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त जानकारी दिएका थिए। ‘आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू,’ मन्त्री खनालले लेखेका छन्।

मन्त्रालयकाअनुसार, सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित (Paperless) सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको छ।

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरि विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने गरि व्यवस्था गरिएको छ।

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा सीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १० आश्विन २०८२, शुक्रबार