विमानस्थल आसपास क्षेत्रमा ड्रोन, चङ्गा तथा बेलुन उडाउन नपाइने

  • Technology Khabar | ९ आश्विन २०८२, बिहीबार
विमानस्थल आसपास क्षेत्रमा ड्रोन, चङ्गा तथा बेलुन उडाउन नपाइने
बिङ एआईमार्फत निर्मित सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ।

पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न-नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए।

उनले भने, “विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौँ। अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ।”

नेपालीहरुका महान चाड दसैँ–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गरिन्छ।-रासस 

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...