Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
होण्डाले पहिलो पटक २०२४ ईभी फन कन्सेप्ट (अवधारणा) को उत्पादन संस्करण डब्ल्यूएन७ को साथ इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रवेश गर्दैछ।
मोटरसाइकलमा बोल्ड लाइनहरूको साथ “स्ट्रिटफाइटर” डिजाइन र एलईडी लाइट्स (बत्तीहरू)को पछाडि ५.१ इन्चको एलसीडी स्क्रिन रहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
होण्डाका अनुसार, डब्ल्यूएन७ ले ६७ हर्सपावर र १०० एनएम टर्क प्रदान गर्नेछ। साथै जस विद्युतीय मोटरसाइकले ६०० सीसी पेट्रोल इन्जिनसँग प्रतिस्पर्धा गर्न सक्नेछ।
२१७ किलोग्रामको तौल रहेको डब्ल्यूएन७ पेट्रोल–सञ्चालित सीबी७५० हर्नेट भन्दा ९ प्रतिशत गह्रुङ्गो छ।
डब्ल्यूएन७ ले एकल चार्जमा १३० किलोमिटर “रेञ्ज” प्रदान गर्ने घोषणा गरिएको छ र सीसीएस२ फास्ट चार्जिङले ३० मिनेट भित्र २०–८० प्रतिशत चार्ज प्रदान गर्नेछ।
तर डब्ल्यूएन७ को मूल्य भने अन्य पेट्रोल–सञ्चालित मोटरसाइकल र केही अन्य ईभीहरू भन्दा धेरै महँगो छ। त्यसैले यसको महँगो मूल्यको करण यो मुख्यतया विद्युतीय मोटरसाइकल प्राविधिक उत्साहीहरूका लागि मात्र राम्रो विकल्प बन्नेछ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार