नवनियुक्त सञ्चार मन्त्री खरेलको पहिलो निर्णय सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा

Technology Khabar ६ आश्विन २०८२, सोमबार

नवनियुक्त सञ्चार मन्त्री खरेलको पहिलो निर्णय सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा

काठमाडौं ।

पदभार ग्रहण गर्न मन्त्रालय पुगेका नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा लेखिएका केहि विषयहरु संसोधन गराएर मात्रै हस्ताक्षर गरेका छन्।

सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोह सकेर मन्त्री खरेल मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए।

सचिव राधिका अर्यालले पहिलो निर्णय हस्ताक्षरका लागि पेश गरेकी थिईन। तर, मन्त्री खरेलले उक्त फाइलमा केही फरक निर्णय बनाएर पुनः ल्याउन सचिव अर्याललाई आग्रह गरेका थिए।

त्यसपछि, पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएकाे छ।

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार